नेभिगेशन
राजनीति

उनकै आयोगले ‘हत्या’ भनेको थियो, चौथो पटक प्रधानमन्त्री बने तर अनुसन्धान गर्दैनन् ओली

काठमाडौं– नेकपा एमालेका तत्कालिन महासचिव तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको दासढुङ्गामा गाडी त्रिशुलीमा झारी हत्या गरेको ३२औं स्मृति दिवसका दिन प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक कार्यक्रममा बल्खुमा सहभागी भए।

उनले हत्या दाबी गरे पनि अनुसन्धानको पाटो पनि यसै थाँती राखेका छन्। उनी चार पटक प्रधानमन्त्री बनिसकेका छन्। संयोग के छ भने मदन–आश्रित हत्यापछि बनेको छानबिन आयोगका अध्यक्ष उनै थिए। सोही आयोगले यस प्रकरणलाई हत्या दाबी गरेको थियो। 

तर चार पटक प्रधानमन्त्री बन्दासमेत ओलीले अनुसन्धानतिर ध्यान दिएका छैनन्। 

दासढुङ्गा घटना नेपाली राजनीतिमा भुल्नै नसकिने र कम्युनिस्ट राजनीतिमा सर्वकालिन स्मरण योग्य दुर्घटना मानिन्छ। त्यो एउटा भवितब्य मात्र नभएर हत्या काण्डका रुपमा सत्तारुढ नेकपा एमालेले मान्ने गरेको छ। ओली हाल प्रधानमन्त्री मात्र होइनन् एमालेका शक्तिशाली अध्यक्ष पनि हुन्। 

एमालेले गठन गरेको केपी शर्मा ओलीको छानबिन समितिले कस्तो प्रतिवेदन दियो? घटना भएपछि को–को त्यहाँ पुगेका थिए? अनि भण्डारीलाई अज्ञात व्यक्तिले कसरी फोन गरे? त्यसबारेको एउटा दस्ताबेज पनि प्रतिवेदनमा उल्लेख थियो। 

२०५० साल जेठ ३ गतेको त्यो कारुणिक दुर्घटनामा पोखराबाट चितवन जाने क्रममा मदन भण्डारी र जीवराज आश्रितको हत्या भएको दाबी गरिन्छ। दुर्घटनामा निधन भएको देखाइए पनि त्यसलाई राजनीतिक हत्याकाण्डको नाम दिएपछि घटना रहस्यमा नै छ।

त्यसका एक जना जीवित प्रमाण अमर लामालाई केही बर्षपछि तत्कालिन माओवादीले हत्या गरेको थियो। मदन भण्डारी हत्याकाण्डपछि हालका एमाले अध्यक्ष ओलीको नेतृत्वमा छानबिन आयोग बनेको थियो।

त्यसले एउटा प्रतिवेदन तयार पार्दै राजनीतिक हत्याकाण्ड भन्यो। तर हत्याराको अहिलेसम्म पत्ता लाग्न सकेको छैन। मदन–आश्रित हत्याकाण्ड अर्थात्, दासढुंगा हत्याकाण्डको प्रतिवेदनले स्वभाविक दुर्घटना मानेको छैन। प्रतिवेदनमा भनिएको छ, जेठ ४ गतेका लागि चितवनमा सम्बोधनको कार्यक्रम तय भएको थियो।

तर अज्ञात व्यक्तिले फोन गरेपछि एक दिन अघि नै अर्थात् जेठ ३ गते नै पोखराबाट चितवनतिर लागे, मदन भण्डारी र जीवराज आश्रित। को थिए ति फोन गर्ने? यसको खोजीनीति भएको छैन।

भ्यान त्रिसुलीमा खस्यो। चालक अमर लामा बाँचे र प्रहरीकहाँ आत्मसमर्पण गर्न पुगे। दुर्घटना जस्तो देखिने यो हत्याकाण्डमा भण्डारी परेको लगभग प्रमाणित भएको थियो। सोधीखोजी भइरहेका बेला तत्कालिन सांसद, हालका माओवादी नेता लिलामणी पोखरेल चढेको साझा बस पनि त्यहिँ पुग्यो।

अध्ययनका क्रममा भग्नावशेष भएको गाडी त्रिशुलीमा खस्दा मात्र क्षति भएको थियो। तर दुर्घटना हुनुअघि के थियो? चालक अमर लामा एक्लैले यस्तो हत्या गर्न नसक्ने केपी शर्मा ओलीको प्रतिवेदनमा उल्लेख छ। गर्भमा नै रहेको यो हत्याकाण्डका  नेपथ्यमा अन्य धेरै विषय जडित रहेको अहिले पनि आशंका गरिन्छ।

यस हत्या प्रकरणलाई एमालेले राजनीतिक लाभ लिने एउटा अंशका रुपमा मात्र प्रयोग गरेको पनि प्रतीत हुन्छ। हरेक पटक हत्या भएको दाबी गर्ने तर छानबिनका लागि कुनै पहल नगर्ने। कतिसम्म भने आयोगका अध्यक्ष रहेका ओली प्रधानमन्त्री र मदनकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपतिसहित कम्युनिस्टको दुई तिहाईको सरकार हुँदा पनि छानबिन गरिएन। यहाँसम्मकी अहिले कांग्रेससँगको गठबजोडमा पनि दुई तिहाईको दाबी गरिरहेका ओली किन अनुसन्धानतिर ध्यान दिन चहाँदैनन्? वा कहाँनेर समस्या छ? 

यदि त्यस्तो भएको थियो भने उनै ओलीको आयोगले प्रतिवेदनमा किन हत्या भन्यो? अनुत्तरित प्रश्नछन्। मदन–आश्रित स्मृति दिवसका अवसरमा त्यस आयोगको प्रतिवेदनको महत्वपूर्ण अंश क्यानडानेपाल यहाँ प्रस्तुत गर्दछ।
oli-2-1747471751.jpg
oli-1-1747471751.jpg
oli-3-1747471876.jpg
oli-3-1747471876.jpg
oli4-1747472051.jpg
oli5-1747472093.jpg

oli6-1747471752.jpg

oli7-1747471752.jpg

oli8-1747471752.jpg

oli10-1747472169.jpg
oli9-1747471752.jpg

oli11-1747471753.jpg

oli12-1747471753.jpg

oli13-1747471753.jpg

oli14-1747471753.jpg

oli15-1747471753.jpg

oli16-1747471753.jpg

oli17-1747471754.jpg

oli18-1747471754.jpg

oli19-1747471754.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति