नेभिगेशन
राजनीति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक : ‘घुसकाण्ड’मा मुछिएका मन्त्री गुप्ता पनि सहभागी

काठमाडौँ । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक केही समय अगाडी सुरु भएको हो ।

आजको बैठकमा सरकारका कामकारबाहीका विषयमा छलफल र आवश्यक निर्णय हुने सक्ने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । 

बैठकमा विवादित अडियो प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि सहभागी छन् । 

उनले राजीनामा दिनुपर्ने या प्रधानमन्त्रीले बर्खास्ती गर्नुपर्ने आवाज उठेको छ । तर, गुप्ताले हालसम्म न राजीनामा दिएका छन् न त प्रधानमन्त्रीले बर्खास्ती नै । 

कर्मचारीको सरुवामा घुसको डिल गरेको अभियोग गुप्तामाथि छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति