नेभिगेशन
राजनीति

गभर्नर नियुक्तिको विषयमा देउवाको ब्रिफिङ, कांग्रेस पदाधिकारी बैठकले भारत–पाकिस्तान युद्धमा दियो राय

काठमाडौं– नेपाली कांग्रेसको शुक्रबार भएको पदाधिकारी बैठकले गभर्नर नियुक्तिको विषयमा चर्चा गरेको छ। सभापति शेरबहादुर देउवाको निवासमा भएको बैठकमा गभर्नर कांग्रेसले पाएको ब्रिफिङ भएको छ।

यद्यपि राष्ट्र बैंकको आन्तरिक समस्या कारण सरकारले नियुक्ति गर्ने विषयमा केही झन्झट आइ लागेको ब्रिफिङ देउवाले गरेका छन्। उनले यस विषयबारे विहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी वार्ता गरेका थिए। 

उता, भारत र पाकिस्तानको युद्धका विषयमा पनि कांग्रेसको आधिकारिक राय तय भएको छ। आतंकवादविरुद्ध एकमतले उभिने निर्णय कांग्रेसले गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन्।

‘हामी जहिले पनि आतंकवादको खिलाफमा छौं। आतंकवादको खिलाफमा हुने कारबाहीलाई हामी जायज ठान्छौँ। आतंकवादलाई कसैले पनि प्रश्रय नदिओस् भन्ने पक्षमा छौँ,’ उनले भने।

प्रवक्ता महतले भारत पाकिस्तानबीचको तनाव फुल स्केल युद्धमा परिणत नहोस् भन्ने चाहना रहेको बताए।

‘युद्धको स्थिति सिर्जना भएको  छ, आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी सिभिलिएनमाथि पनि आक्रमण भएको छ। सैनिक अड्डाहरुमा पनि आक्रमण भएको छ। यो फुलस्केल युद्धको रुपमा परिणत नहोस्। शान्ति चाँडै बहाल होस्, भन्ने हामी चाहन्छौं,’ उनले भने।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति