नेभिगेशन
राजनीति

एमालेभित्रको आन्तरिक विवादबारे यसो भन्छन् सचिव योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीभित्र एकले अर्कालाई ललकार्न बन्द गरी बसेर कुराकानी गर्न भनेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पूर्वराष्ट्रपति राजनीतिमा फर्किने घोषणासँगै भएका टिप्पणीमा तर्क छ,‘च्यासलले ललकार्ने र च्यासलबाट ललकार्ने काम बन्द गरियोस्।’

उनले आपसमा विमर्श गर्न र सहकार्यमार्फत् समस्याको समाधान खोज्न आह्वान पनि गरेका छन्।

उनले लेखेका छन्, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौं। बसौं, आपसमा विमर्श गरौं, सहकार्य मार्फत् समाधान खोजौं, जबजको मर्म पनि यही हो।’

एमाले केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा रहेको छ। महासचिव शंकर पोखरेल, जनवर्गीय संगठन समन्वय कमिटीका प्रमुख भानुभक्त ढकाललगायतले भण्डारी राजनीतिमा आउने विषयमा कडा टिप्पणी गरेका थिए भने स्थायी कमिटी सदस्य कर्ण थापाले पनि संस्थापनलाई भनिरहेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति