नेभिगेशन
राजनीति

माधव नेपाल र वामदेव गौतमबीच पार्टी एकता गर्ने सहमति, साउन २ मा घोषणा

काठमाडौं-नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।

साउन २ गते राष्ट्रिय सभा गृहमा समारोह आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा गरिने छ ।

यस सम्बन्धी सहमतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा दुवैको राजनीतिक सिद्धान्त मिलेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरेको उल्लेख छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता सर्वोच्च अदालतले भंग गरेपछि बामदेव गौतम कतै पनि नलागी नेकपा एकता राष्ट्रिय अभियान चलाएका थिए ।

सुरुमा नेकपा एमालेमा जान खोजेका उनी पछि अध्यक्ष केपी शर्मा ओलीको अनिच्छाका कारण रोकिएका थिए । आज भने उनले ओली नेतृत्वकै नेकपा एमालेबाट अलग भएका माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति