नेभिगेशन
मनोरञ्जन

यी हुन् सैफ अलि खानमाथि छुरा आक्रमण गर्ने चोर, मागेका थिए एक करोडः करिना कपुरले के भनिन्?

काठमाडौं– बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने चोरको तस्बिर सार्वजनिक भएको छ। खानमाथि आक्रमण गर्ने चोरले एक करोड माग गरेको तर नदिने भनेपछि ६ पटक छुरा प्रहार गरेको खबर सार्वजनिक भएको हो।

खानको घरमा काम गर्ने हाउस हेल्प स्टाफले प्रहरीलाई दिएको जानकारीअनुसार चोरले एक करोड माग गरेका थिए। सैफ अली खान र करिना कपुर खानका कान्छा छोरा जेहको बेडरुमतिर छिर्न लागेपछि स्टाफले रोकेकी थिइन्। उनलाई पनि छुरा प्रहार भएको विवरण भारतीय सञ्चार माध्यमले जनाएका छन्।

यस्तो जानकारी प्रहरीलाई खानको घरमा काम गर्ने ६६ बर्षिया नर्स एलियामा फिलिपले जानकारी दिएकी हुन्।

यसैबीच सैफपत्नी करिनाले आक्रमण भएको बारे पहिलो प्रतिक्रिया सार्वजनिक गरेकी छन्। बिहीबार बिहान भएको आक्रमणबारे सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रतिक्रिया दिएकी हुन्। 

करिनाले इन्स्टाग्राममा पोस्ट गर्दै सञ्चारमाध्यमलाई अनुमान र अफवाहबाट टाढा रहन आग्रह गरेकी छिन्।

‘यो हाम्रो परिवारका लागि एक अत्यन्त चुनौतीपूर्ण दिन रह्यो। र, हामी अझै पनि भएका घटनाहरू बुझ्ने प्रयास गरिरहेका छौं। यो कठिन समयमा म सम्मानपूर्वक र नम्रतापूर्वक सञ्चारमाध्यम र फोटोग्राफरहरूलाई निरन्तर समाचार र अड्कलबाजी नगर्न आग्रह गर्छु’, करिनाले भनेकी छन्।

‘हामी तपाईंको चिन्ता र समर्थनको प्रशंसा गर्छौं। तर, यो लगातार निगरानी र ध्यानले हाम्रो मानसिक थकान मात्र बढाउँदैन। यसले हाम्रो सुरक्षामा पनि ठूलो जोखिम सिर्जना गर्छ। म तपाईंहरूलाई आग्रह गर्छु कि तपाईं हाम्रो सीमाको सम्मान गर्नुहोस् र हामीलाई परिवारका रूपमा यो समयलाई स्वीकार गर्ने र सम्हाल्ने स्थान दिनुहोस्। म यस संवेदनशील समयमा तपाईंको बुझाइ र सहयोगका लागि अग्रिम धन्यवाद दिन चाहन्छु’, उनको पोस्टमा उल्लेख छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप मनोरञ्जन