नेभिगेशन
मनोरञ्जन

गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट, भोलि विवाह

काठमाडौं- गायिका मेलिना राईले ‘इन्गेजमेन्ट’ गरेकी छिन् ।

उनले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्वीर र भिडिओहरू सार्वजनिक भएका छन् । इलामको माईजोगमाई गाउँपालिका–१ का डा. ध्रुव गुरुङसँग उनको विवाह हुन लागेको निकटस्थ स्रोतले बतायो । गुरुङ पेसाले चिकित्सक हुन् ।

भोलि पारिवारिक जमघटका बीच विवाह हुने स्रोतले जनाएको छ । सामाजिक सञ्जालमा राईले इन्गेजमेन्ट गरेको भिडियो तथा तस्बिरहरू हाल्दै उनका शुभचिन्तकहरूले उनीहरुले शुभकामना दिइरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप मनोरञ्जन