Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै

आइतबार, पुस २८, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज बयानका लागि काठमाडौं जिल्ला अदालतमा हाजिर हुने भएका छन्।

samridhi jewllers

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा उनीमाथि मुद्दा परेकाले काठमाडौं अदालतमा हाजिर हुन लागेका हुन्।

लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलपको मुद्दामा जिल्ला अदालत, कास्कीबाट गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

रिहा भए लगत्तै शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण आज मात्रै हाजिर हुन लागेका हुन् ।


स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्