नेभिगेशन
राजनीति

भूमिसम्बन्धी विधेयकमा लटरपटर नगरौँ, पर्याप्त छलफल जरुरी : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पर्याप्त गृहकार्य नगरी भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पर्याप्त गृहकार्य र छलफल नगरी सोझै पारित गर्ने गरी संसदमा प्रस्तुत हुन लागेकोमा विमती जनाएका हुन् ।

उनले लटरपटर नगरौँ भन्दै पूर्व सहमतिका लागि समितिमा पठाउनु पर्नेमा जोड दिँदै आज (बुधबार)को प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट यसलाई हटाउन आग्रह गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा भूमिसम्बन्धी विधेयक प्रस्तुत गरी पारित गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति