नेभिगेशन
राजनीति

नयाँ न्यायाधीशसहित संयुक्त इजलासमा मुकुल ढकालको रिटमा सुनुवाई

काठमाडौं– सर्वोच्च अदालतमा दुई जना न्यायाधीशको संयुक्त इजलासमा रास्वपा पूर्वमहामन्त्री मुकुल ढकालको रिटको सुनुवाई बुधबारका लागि राखिएको छ।

रास्वपाको महामन्त्री रहेको दाबीसहित ढकालले दायर गरेको रिट न्यायाधीशद्वय सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासमा परेको छ। थापा पहिलो पटक सर्वोच्च अदालतको इजलासमा बस्न लागेकी छन्।

यसअघि उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश रहेकी थापालाई सवोृच्च अदालतको न्यायाधीश नियुक्त गर्न गरिएको सिफरिस संसदीय सुनुवाइबाट अनुमोदन भएपछि उनलाई हिजो मात्रै न्यायाधीश नियुक्त गरिएको थियो।

यो मुद्दा असार १७ गते मंगलबार न्यायाधीशहरु हरि फुयाँल र टेकप्रसाद ढुंगानाको इजलासमा परेको भए पनि हेर्न नभ्याइएपछि सुनुवाइ हुन सकेको थिएन। 

त्यसअघि असार १२ मा न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ जारी गरेको थियो। सर्वोच्चमा सुनुवाई भएपछि के आदेश आउला भन्ने चासो छ। के मुकुल ढकाल महामन्त्रीमा फर्केलान्? अहिले यहि चासो बनेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति