नेभिगेशन
राजनीति

कांग्रेसमा सबैको बन्न चहाने गगन थापामाथि केन्द्रीय समितिमा ‘अट्याक’

काठमाडौं– नेपाली कांग्रेस दुई खास समूह र विभिन्न विचार राख्ने अनेक पक्ष रहेका छन्। तेस्रो पक्षका रुपमा महाधिवेशनपूर्व नयाँ समूह बन्न सक्नेगरी विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाले छलफल चलाउने पनि छन्।

यसबीचमा पनि यी तीन नेताबीच नयाँ समूह बनाउनेगरी दुई चरणमा वार्ता भैसकेका थिए। कांग्रेस १५औं महाधिवेशनको संघारमा पुगेको छ।

सभापति शेरबहादुर देउवाले अब पार्टी नेतृत्वबाट विश्राम लिने संकेत गरेका थिए। तर, उनी आफ्नो मर्जीअनुसार बाहिरिने प्रक्रियामा रहने पनि प्रष्ट पारेका छन्।

कांग्रेसको आगामी सभापति या प्रधानमन्त्रीका रुपमा महामन्त्री गगनकुमार थापा एउटा दरिलो पात्र हुने स्वभाविक आँकलन गरिएकोछ।

‘युवा पुस्ताले नै नेतृत्व हाँक्नुपर्छ भन्ने अनेक हिसाबका संकेत देखिएको अवस्थामा कांग्रेसको साख जोगाउनका लागि गगन थापालाई एउटा प्रमुख पद सभापति या प्रधानमन्त्रीका लागि प्रस्ताव र सहमति हुनेछ’, कांग्रेस उच्च स्रोतले भन्यो।

यसबीचमा महामन्त्री थापा कहिले सभापति देउवानिकट देखिने गरेका छन् भने कहिले इतर समूहको नेतृत्व गरिरहेका शेखर कोइरालासँग पनि हुने गरेका छन्। 

हालसालै भने उनले आफू कुनै समूहको नभै कांग्रेसको बन्ने बताएका थिए। 

कांग्रेसको विधानअनुसार अबको ४ महिनापछि महाधिवेशन गर्नुपर्ने हुन्छ। तर, तोकिएको समयमा महाधिवेशन हुनेमा शंका छ।

तैपनि महाधिवेशनको चर्चा अब चुलिएको छ। यसै क्रममा केही महिनाअघि २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनबाट आफू महामन्त्री निर्वाचित भएको र जिम्मेवारीअनुसार कामहरू गर्दै १५ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउनेसमेत जिम्मेवारीमा रहेको थापाले बताएका थिए।

२०८२ मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने हो। तर कांग्रेसमा सभापतिलाई विशेष परिस्थितिमा एक वर्ष कार्यकाल थप गर्ने विधानले नै व्यवस्था गरिदिएकोले यसअघि पनि यो अधिकार सभापतिले प्रयोग गर्ने गरेका थिए।

महामन्त्री थापाले समयमै महाधिवेशन हुने बताइरहेका छन्। उनले आफू पार्टीभित्र कुनै गुटभन्दा पनि सिङ्गो पार्टीको हुन चाहेको बताएका थिए। 

उनले भनेका थिए‘म नेपाली कांग्रेसमा कुनै गुट होइन, सिङ्गो कांग्रेसको हुन चाहन्छु, त्यसका निम्ति मेरो प्रयास छ, प्रयास रहन्छ।’ 

गणतन्त्रका कट्टर पक्षपाती थापा हिन्दूत्वको अभियान चलाइरहेका शंकर भण्डारी र समूहको पनि हुन सकेका छैनन्। यसबाहेक देउवा वा कोइराला कुन पक्षको भन्ने पनि हुन सक्ने अवस्था देखिँदैन। 

देउवा पक्षका मान्ने हो भने हालै भएको केन्द्रीय समितिको बैठकमा उनीमाथि संस्थापनका मोहनबहादुर बस्नेतले आरोपको ‘अट्याक’ गरेका थिए।

बस्नेतले महामन्त्री गगन थापालाई लगाएको आरोप र दिएको चेतावनी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि गरेको अनुसन्धानमा गगनको हात रहेको बस्नेतको दाबी थियो।

यति मात्र होइन पूर्वमन्त्री बस्नेतले त कोही पनि चोखो नरहेको भनी आफू फँसे कोही बाँकी नरहनेसम्मको पनि चेतावनी दिए। थापा नभएको बैठकमा यसरी आरोप लगाएपछि जवाफ नआउने कुरै भएन। 

थापाले पनि जवाफ दिँदै बस्नेतलाई चलाउनू भनेको गन्हाउनु रहेको संकेत गरेका थिए। थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य बस्नेतले आफूमाथि लगाएको ‘गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित’ आरोपलाई फोहोरको संज्ञा दिए।

यस्तो अवस्थामा थापा सबैको हुन सक्लान् त? यो एउटा जीवित प्रश्न बनेको छ। 

यसबाहेक कांग्रेसमा देखिएका अन्य प्रासङ्गीक रमिता पनि छन्। जहाँ कोइरालाले उद्योगी बिनोद चौधरी केन्द्रीय सदस्य बन्न काबिल नभएको बताइदिएका थिए। 

चौधरीले जवाफ फर्काउँदै पार्टीलाई चन्दा दिएको भने। गुरु घिमिरेले फेरि चन्दा दिँदैमा केन्द्रीय सदस्य बन्न पाइन्छ? त्यसो भए चन्दा दिने सर्वसाधारण सबैलाई केन्द्रीय सदस्य बनाउन मिल्छ? भनेर प्रश्न गरेका थिए।

यस्तो अवस्थामा आगामी महाधिवेशनसम्म पुग्दा कांग्रेसमा को कसको गुट या समूहमा हुने हुन्? खासगरी गगन थापाको आगामी कदम कस्तो हुनेछ? त्यो धेरैको प्रतिक्षाको विषय बनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति