नेभिगेशन
राजनीति

जसपा नेपालले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने भएको छ । आज बस्ने संसदीय दलको बैठकले औपचारिकरूपमा समर्थन फिर्ताबारे निर्णय लिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

उनले भने, ‘पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ । आज बस्ने संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय गर्छ ।’

समर्थन फिर्ता लिने एजेन्डा तय गरेरै बैठक बस्न लागेको उनले बताए । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको पनि सुनाए ।
कांग्रेस-एमाले गठबन्धन सरकारले कुनै क्षेत्रमा पनि सन्तोषजनक नतिजा दिन नसकेको पार्टीको निष्कर्ष रहेको उनले सुनाए ।

उनले थपे, ‘संविधान संशोधन, सुशासनको प्रत्याभभूति, अर्थतन्त्रमा सुधार र भ्रष्टाचार, कमिसनतन्त्र र लुटतन्त्रको नियन्त्रण गर्ने गठबन्धन सरकारले गरेको प्रतिबद्धता पूरा नभएपछि पार्टीले सरकारलाई दिएको समर्थन कायम राखीराख्ने स्थिति रहेन ।’

सरकारलाई दिएको समर्थन यसअघि नै नागरिक उन्मुक्ति पार्टीले पनि फिर्ता लिइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति