नेभिगेशन
राजनीति

विद्या भण्डारीको राजनीतिक सक्रियताले कांग्रेसमा किन बढ्यो छटपटी?

एमालेभित्रै पनि जनताको बहुदलीय जनवादको लिगेसीले तिलमिलाएका महासचिव पोखरेल

काठमाडौं– कांग्रेस र एमालेका नेताहरुबीचको भेटका क्रममा बालुवाटारमा शेरबहादुर देउवाले प्रश्न गरेछन्,‘सेनाको परमाधिपति समेत भैसकेको मानिसले, पूर्वराष्ट्रपति राजनीतिमा सक्रिय हुन मिल्छ?’

अहिले एमालेमा भण्डारीको सक्रियताले जवाफहिन बनिरहेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नै नाजवाफ हुनेगरी देउवाको प्रश्न आएपछि छलफल भयो। र, केही दोस्रो तहका नेताले भनेछन्,‘संविधानमा अस्पष्टता रहेका कारण यसलाई अस्वभाविक मान्न पनि भएन। फेरि माओवादीबाट उपराष्ट्रपति बनिसकेका नन्दबहादुर पुनलाई त प्रचण्डले उपाध्यक्ष नै बनाइसक्नुभयो त।’

यस विषयमा ओली छोटो बोलेको उच्च स्रोतले जनायो। स्रोतले ओलीलाई उदृत गर्दै भन्यो,‘प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारी एमालेको संस्थागत रूपमा कुनै पनि निकायमा नरहेको प्रस्टोक्ति दिए।’ 

जे होस् एमाले भित्र मात्र नभएर समग्र राजनीतिक वृत्तमा नै भण्डारीको पुनरागमनको विषयले हल्लाएको छ। उनको स िक्रयता अन्य दलका निम्ति पनि त्रास र चुनौतीको विषय बन्न सक्ने आँकलनबीच चर्चा चलेको हो। एमालेभित्र त दुई वटा समूह नै विभाजित भैसकेको अवस्था छ।

कांग्रेसको प्रश्नमा तत्कालिक भन्दा पनि आउन सक्ने सम्भावित घटनाक्रमको उदाहरण विद्या भण्डारी बन्न सक्ने छटपटी बढेको प्रतीत हुनेगरी प्रश्न गरिएको टिप्पणी भएका छन्।

कांग्रेसको महामन्त्री त्याग गरी नेपालको पहिलो राष्ट्रपति बनेका डा. रामवरण यादव निस्क्रिय रहेका छन्। यदि भण्डारी सक्रिय राजनीति गर्दै मूलधारमा आउँदा डा. यादवले पनि क्रियाशिलता खोज्दा कांग्रेसभित्रको अहिलेको असन्तुलनमाथि अर्को दबदबा थपिन सक्ने त्रास पलाएको छ।

‘चुप लागेर बसेका तर सम्भावना देखेका पूर्वराष्ट्रपतिमा राजनीतिमा आउने मोह जाग्न सक्छ। त्यहाँमाथि कांग्रेसका प्रथम राष्ट्रपतिले त महामन्त्री जस्तो बलियो पद त्यागेर जिम्मेवारी लिनुभएको थियो’, उच्च स्रोतले भन्यो,‘उहाँ सक्रिय हुँदा त सभापतिमा नै दाबी गर्न सक्ने अवस्था हुन्छ नि!’

यसबाहेक जीवनभरी प्रधानमन्त्रीका लागि मरिहत्ते गरेका रामचन्द्र पौडेल राष्ट्रपति पदबाट अवकाश पाएपछि फेरि राजनीतिमा सक्रिय हुने चाहना राख्न सक्लान् कि भन्ने पनि त्रास छ। यद्यपि, उनको उमेर र शारिरीक अवस्थाले साथ दिनेछ या छैन भन्नचाहिँ सकिन्न।

यता भण्डारीको सक्रियताले एमाले महासचिव शंकर पोखरेल सबैभन्दा बढी तनावमा देखिन्छन्। उनले हालै मात्र भण्डारीको सक्रियतासँग तुलना गर्दै एमालेको जनताको बहुदलीय जनवाद (जबज) अलग गर्न खोजेको हो? भनी प्रश्न समेत गरेका छन्। 

यो प्रश्नको अन्तरनीहित अर्थ भनेकोचाहिँ मदन भण्डारी प्रतिपादीत सिद्धान्तको प्रथम हकदार नै भण्डारी हुनेछिन्। ‘त्यसो हुँदा अहिले पोखरेलहरुले जबज नजपी नहुने भएको छ। भण्डारीको इतर खेमामा उभिएको जस्तो देखिएकाछन्। अनि, त्यसको आधिकारिकता र सान्दर्भिकता भण्डारीसँग जोडिने भएपछि यस्ता गर्क गर्नु स्वभाविक हो’, एमाले उच्च स्रोतले भन्यो।

पछिल्ला चरणमा ओलीले भन्नासाथ चलाएको ‘म झोले हुँ’ भन्न अरुची राख्ने नेता र कार्यकर्ता भण्डारीलाई अगाडि बढाउनका लागि आतुर छन्। 

भण्डारी पनि एमालेको सम्भावित अध्यक्षको उम्मेदवार हो भन्ने हिसाबले नै राजनीतिक गतिविधि गरिरहेकी छन्। सार्वजनिक कार्यक्रममा जाने मात्र होइन, मन्दीर दर्शनदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भेटेर समस्या समाधानमा पहल गर्ने भन्नुसम्म उदाहरणका बाछिटा हुन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति