Nic Ad Nic Ad
Nic Ad Nic Ad

चलचित्र विकास बोर्डले छायाकारलाई ड्रोन पाइलटको तालिम दिने

बिहीबार, कात्तिक १५, २०८१

काठमाडौं- पछिल्लो समय नेपाली फिल्मको छायांकनमा ड्रोनको प्रयोगमा वृद्धि हुन थालेको छ । दृश्यलाई आकर्षक रुप दिन छायाकारले ड्रोनलाई अधिकतम प्रयोग गर्न थालेका छन् ।

तर यसका लागि ड्रोन उडाउन चाहिने तरिका र कानुनी व्यवस्था जान्नु जरुरी छ । यिनै कुरालाई ख्याल राखेर चलचित्र विकास बोर्डले छायाकारलाई १० दिने निःशुल्क ड्रोन पाइलट ट्रेनिङ दिने भएको छ ।

बोर्डले बुधबार सूचना जारी गर्दै कार्यशालामा सहभागी हुन नेपाली छायाकारलाई आग्रह गरेको छ । विदेशमा ड्रोन पाइलट अध्ययन गरेका उड्डयन क्षेत्र र नेपाल प्रहरीका विज्ञले तालिम दिने बोर्ड अध्यक्ष दिनेश डिसीले बताए ।

दक्षता अभिवृद्धिका लागि २५ जना नेपाली चलचित्र छायाकारलाई तालिम दिन लागिएको बोर्डले जनाएको छ । आवेदन फारम बोर्डको वेबसाइटबाट डाउनलोड गरी दिन सकिने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार