नेभिगेशन
मनोरञ्जन

गीतकार विश्व वल्लभ भट्टराईको निधन

काठमाडौं- गीतकार विश्व वल्लभ भट्टराईको निधन भएको छ ।  मस्तिष्कघातका कारण अस्पताल भर्ना भएका उनको उपचारको क्रममा बुधवार अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको हो । 

अचानक बिरामी परेपछि ८० वर्षीय वल्लभलाई केही दिन अघि अस्पताल भर्ना गरिएको थियो । 

लामो समय रेडियो नेपालमा जागिरे रहेका वल्लभका दुई छोरी छन् । दुवैले विवाह गरिसकेका छन् । उनकी श्रीमतीको पनि दुई वर्षअघि क्यान्सरको कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप मनोरञ्जन