Nic Ad Nic Ad
Nic Ad Nic Ad
यौनहिंसाको बेथिति

दुर्गा प्रसाईंको शरणमा पुगेकी शोभा पाठक प्रहरी नियन्त्रणमा पर्नुको कारण

मंगलबार, जेठ २९, २०८१

काठमाडौं– जानुका पाठक उर्फ शोभालाई अहिले प्रहरीको साइबर ब्युरोले पक्राउ गरी अनुसन्धान जारी राखेको छ। पछिल्लो पटक एमाले युवा नेता महेश बस्नेतविरुद्ध आगो ओकल्ने शोभा विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईंको शरणमा पुगेकी थिइन्। 

सामाजिक सञ्जाल र मिडियाको दुरुपयोगमा अब्बल शोभा आफैं विवादीत पात्र थिइन् जो एमालेको राष्ट्रिय युवा संघमा रहेकी थिइन्। महेश बस्नेत उद्योगमन्त्री हुँदा सचिवालयमा रहेकी उनी प्रेममा परेको दाबी गर्थिन्। 

यति मात्र होइन, बस्नेतको प्रेममा विक्षिप्त भएको बताउने शोभाले बच्चा नै फ्याँकेको दाबी गरेर मिडियामा चर्चा कमाउने बिख्यातीको प्रयत्न गरिन्। तर, केही महिलाले साईबर ब्युरोमा उजुरी गरेपछि अहिले उनी प्रहरीमा खोरमा छिन्।

कतिपयले उनलाई हाईप्रोफाइल हनि ट्रयापर पनि भन्ने गर्दथे। एमाले नेता बस्नेतलाई उनले अनेकथरी बार्गेनिङ गरेका पर्याप्त प्रमाण क्यानडा नेपालसँग पनि सुरक्षित रहेको छ। 

बस्नेतविरुद्ध लागेका युट्युवर मनोज मानवविरुद्ध आमाचकारी गाली गरेको शोभाको अडिओ रेकर्ड मिडियामा छ्यापछ्याप्ती पाइन्छन्। यसबाहेक कतिपय पुरुषसँग अन्तरंग कुराकानी गरेका अडिओ भिडिओ पनि सार्वजनिक भइसकेका छन्। 

उनले तत्कालिन गृहमन्त्री, हालका परराष्ट्रमन्त्री माओवादी बरिष्ठ अध्यक्ष नारायणकाजी श्रेष्ठसँग लभ साइनसहितका भिडिओ सामाजिक सञ्जालमा राख्ने गरेको पर्याप्त पाइन्छन्। 

उनको उदय कसरी भयो भन्नेबारे क्यानडा नेपालले लेखेको खबर तलको लिंकमा क्लिक गरी पढ्नुहोस्। 

हाइप्रोफाइलकी ‘मोनिका’ पहिले जानुका अहिले शोभा

उनले विभिन्न व्यवसायी, राजनीतिक दलका नेता तथा सुरक्षाकर्मीसहित विशिष्ट व्यक्तिहरुसँगको सम्बन्ध सार्वजनिक गरिरहेकी छन्। त्यतिमात्र होइन, उनले कयौंसँग उठबस गर्दैै बार्गेनिङ तथा ब्ल्याकमेलिङ गर्नेसम्मका घटना सतहमा आएका थिए।

पाठकले सम्बन्ध राखेर कसै–कसैबाट मोटो रकम तथा जग्गा जमिन आफ्नो नाममा ल्याउने गरेको पाइएको थियो।

उनले कानुनको दुरुपयोग गर्दै जवरजस्ती करणीको चारवटा मुद्धासमेत दर्ता गरेको बुझिएको छ। बेलाबखत पाठकले सो सम्बन्धि मिडियामासमेत बोल्ने गरेको पर्याप्त पाइन्छ।

पाठकले विषेशगरी पैसा र पावर भएका व्यक्तिसँग चिनजान हुनसाथ मदिरा सेवन गर्ने, अश्लिल शब्दहरु बोल्ने र त्यसलाई आफैं रेकर्ड गरी ट्रयापमा पार्ने गरेको आरोप लागेका थिए। 

मदिराले लठ्ठ भएर परपुरुषसँग गरेका कुराकानीका अडियो त सामाजिक सञ्जालमा नै छारस्ट भइसकेका थिए।
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्