Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक करोड ५० लाख ठगी अभियोगमा फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

सोमबार, जेठ २१, २०८१

काठमाडौं– एक करोड ५० लाख ठगी गरेको अभियोगमा फिल्म निर्देशक सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको हो । फिल्म प्रसाद २ को विवादको मुद्दामा थापाविरुद्ध उजुरी परेको थियो । उनलाई बालुवाटारको रोयल अम्पायर होटल परिसरबाट पक्राउ गरिएको हो । उनी रावायण भन्ने फिल्मको छायांकनमा व्यस्त थिए । 

आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै प्रसाद २ का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी गरेका थिए । थापा उक्त फिल्मका निर्देशक थिए । 
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्