‘इश्वर’को छायाँकन सकियो

शनिबार, फागुन १९, २०८०

काठमाडौँ– राजु गिरीको निर्देशन रहेको चलचित्र ‘इश्वर’ को छायाँकन २७ दिनमा सकिएको छ ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा ध्रुब थापा  अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि लामा, शिशिर वाङ्देल र गीता अधिकारीको अभिनय रहेको छ ।

दिव्या कंगना चलचित्रसको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको चलचित्रमा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र वीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व छ ।

चलचित्रको सम्पूर्ण छायांकन पोखरा र हेम्जाकोटमा गरिएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्