टिप्पणी

जायज प्रस्ताव– उपकुलपतिमा डा. बाबुराम भट्टराई

मंगलबार, पुस १०, २०८०

काठमाडौंकागतालीमा प्रधानमन्त्री पदमा पुगे पनि विकासको खाका कोर्ने लयमा कटिबद्ध डा. बाबुराम भट्टराईका निम्ति नयाँ जिम्मेवारीको प्रस्ताव अगाडि आएको त्रिभुवन विश्वविद्यालयको उपकुलपति।

चर्चामा रहेको यो विषय भट्टराईका निम्ति कुशल आम नेपाली विद्यार्थीका निम्ति जायज प्रस्ताव साबित हुन सक्ने प्रक्षेपण गरिएको छ।

राजनीतिक जीवनमा पहिलो पटक अर्थमन्त्री हुँदा बाबुरामले गति दिएको नेपालको अर्थतन्त्र निक्कै सकारात्मक थियो। यसकारण उनी एक सफल व्यवस्थापक हुनेमा शंका नै नरहेको विज्ञहरूको टिप्पणी हुने गरेको छ।

३५ बर्षभन्दा बढीको राजनीतिक जीवनमा अवसर पाएको ठाउँमा काम गर्न सक्ने हैसियत बनाएका उनले पूरा समय राम्रोसँग काम गर्न पाएका छैनन्। अर्थतन्त्रमा सुधार आउँदा आउँदै नौ महिनामा नै अर्थमन्त्रीको पदबाट हट्न बाध्य भएका उनी संविधानसभा विघटनसँगै प्रधानमन्त्रीको पदबाट पनि हट्न परेको थियो। अब उनको प्रधानमन्त्री बन्नेमौका पनि क्षीण छ।

तर, नेपालको शिक्षा क्षेत्रमा उनले राम्रो प्रभावकारी काम गर्न सक्ने एउटा अवसर , जसलाई नमूना बनाउन सक्छन् भन्ने प्राज्ञिक क्षेत्रका अनुभवीहरूको विश्वास छ।

बाबुराम यसअघि काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख बन्न पनि खोजेका थिए। काठमाडौंको सडक विस्तारमा उनले लिएको निर्णयका आधारमा एक कुशल विकास प्रमुख हुने विश्वास थियो। तर, दिइएन। त्यति मात्र होइन बनाइएन। तर त्रिविको उपकुलपतिको जिम्मेवारी दिए उनले राम्रोसँग विश्वविद्यालयको शैक्षिक उन्नती गर्नेमा शंका गर्ने ठाउँ छैन। किनभने, उनी कुनै राजनीतिक दलको संगठक भन्दा पनि कुशल व्यवस्थापक बन्न सक्छन् भन्ने धेरैलाई लागेको छ।

राजनीतिक जीवनमा बाबुरामको सफलता देखिएको छैन। देखिनेवाला छैन। उनले माओवादी केन्द्रमा रहँदा सिद्धान्तको पाटोलाई बलियो बनाए, छाड्नासाथ माओवादीको सैद्धान्तिक लाइनमा खडेरी छायो। सिद्धान्त बस्तुगत राजनीतिका लागि नयाँ शक्ति नेपालको स्थापना गरे। तर, त्यसले सैद्धान्तिक मार्गचित्र कोरे पनि सांगठनिक हैसियत बनाउन सकेन। जनता समाजवादी पार्टीका संघीय अध्यक्ष भए तर सिद्धान्ततः उपेन्द्र यादवसँग उनको मत बाझियो नेपाल समाजवादी दल स्थापना गरेका छन्। त्यो पनि कौशलताका साथ चलेको स्थिति छैन।

जवाहरलाल नेहरु विश्वविद्यालयमा दुई विषयमा पीएचडी गरेका बाबुरामको शैक्षिक सैद्धान्तिक तर्कमा धेरै सहमत हुने ठाउँ छ। उनी समालोचक प्रवृत्तिका भएका कारण राम्रो नतिजा आउनेगरी निष्ठापूर्वक जिम्मेवारी सम्हाल्न सक्छन् भन्ने स्पष्ट नै छ।

नयाँ शक्ति स्थापना भएको केही समयमा उनले टिप्पणीकर्तालाई भनेका थिएराजनीति गर्ने मेरो मुड होइन, अबको राजनीति नयाँ पुस्ताका लागि भएका कारण युवालाई जोड्ने फोरम स्थापना मात्र गरेको हुँ।

यसर्थ, यत्तिको विज्ञता हासिल गरेका मानिसलाई त्रिविको जिम्मेवारी दिए कोही बेखुसी हुनेछैनन्। उनले जीवनका उत्तरार्धमा प्राज्ञिक क्षेत्रमा राम्रो व्यवस्थापकीय भूमिका निर्वाह गर्दै शैक्षिक स्तरोन्नती गर्नेमा शंका छैन।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्