नेपालीका पीडामा मजाक गर्ने ‘गुइँठे’ मेयर हर्क साम्पाङ : सस्तो गणितले उदाएको खलनायक

सोमबार, असोज २२, २०८०

शीर्षकले उठान गरेको विषयबस्तु पढेपछि व्यक्तिगत रुपमा कस्ता प्रहार हुन्छन् भन्ने हेक्का राख्दै यो जोखिम उठाउने प्रयत्न गरेको छु।

छिमेकी उपमहानगरपालिका इटहरीको एक मतदाता भएका कारणले मात्र होइन, एउटा बौद्धिक पेशामा रहेका कारण पनि धेरै सोच समझ राखेर यो टिप्पणी उठाउने प्रयत्न गरेको हुँ।

विषयबस्तुका मुख्य पात्रको वैयक्तिक व्यवाहार कस्तो छ भन्नेतिर हैन, उनको सार्वजनिक जीवन र दायित्व के हो? देखाउने व्यवाहार र गरिने टिप्पणीको ओजन कत्तिको हुनुपर्ने हो? यहि प्रश्नले बारम्बार घोत्लिन बाध्य बनायो।

अतः यत्ति भूमिका बाँधेपछि शीर्षकमा केन्द्रित रहेको छु।

गणित सबैभन्दा सस्तो विज्ञान हो। भौतिकशास्त्र वा रसायन विज्ञानको विपरीत, यसलाई कुनै महँगो उपकरणको आवश्यकता पर्दैन। गणितका लागि सबैलाई पेन्सिल र कागज चाहिन्छ।

यहि गणितको धक्कुमा एउटा तानाशाह प्रवित्तिको मेयरको जन्म भएको छ। ऊ फूर्ती लगाउँछ५ हजार भन्दा बढी जनताको मतले जितेको मान्छे हुँ, त्यसैले मैले जे भन्छु त्यो नै निर्णय हो।

उनको शैली हेर्दा लाग्छआई एम दी गड अफ धरान। हो, एउटा अहंकारी, स्वेच्छाचारी, सम्प्रदायविरोधी, भावनारहित, मनमौजी, अनपढ, गैरअनुभवीको अस्वभाविक उदय गराएछन्, धरान उपमहानगरपालिकाका जनताले जसको नाम हर्क  हर्क साम्पाङ हो।

भनिन्छ नि, यदि कुरा सस्तो छ भने चुप लागेर बस्नु महँगो पर्छ। त्यसैले  हर्क साम्पाङको सस्ता विषयमा चुप लागेर बस्ने महँगो स्थितिमा बस्ने मान्छेमा परिएन।

हर्क साम्पाङको जितले राजनीतिक दलका प्रतिनिधिमा चेत खुलोस् भन्ने थियोहर्क साम्पाङ अझ गतिलो काम गर्दै जाउन् र जनताको आशा भरोसाको केन्द्रविन्दु बन्नेछन् भन्ने अपेक्षा थियो। त्यो त उनले श्रमदानका नाममा ल्याएको पानीसँगै बगिसकेछ।

नेपालीजन रोजगारी र अध्ययनका निम्ति इजरायलमा पुगेका थिए। अचानक प्यालेस्टाइनी हमास विद्रोही र त्यहाँको सरकारबीच भएको लडाईमा १० जनाले ज्यान गुमाए। यस्तो बेला युद्धविरोधी, नेपाली सम्प्रदायलाई सहानुभूती दिनुपर्ने सस्तो गणितले उदाएको मेयर  हर्क साम्पाङ मजाक गरेर बसिरहेका छन्। उनी सामाजिक सञ्जालमा लेख्छन्,‘इजरायल र प्यालेस्टाइनको युद्ध पनि कुन दिन हर्क  हर्क साम्पाङले गरायो भन्लान भन्ने पीर छ।

हेर्नुहोस् हर्क  हर्क साम्पाङको यो पोस्ट।

harke1696830898.jpg

भिन्नभिन्न स्ल्याङ प्रयोग गरेर भाइरल हुने रहर राख्ने  हर्क साम्पाङ यसअघि नै धार्मिक सम्प्रदायमाथिको प्रहारका कारण विवादमा आइसकेका छन्। त्यसअघि उनले आफूविरोधीलाई सामाजिक सञ्जालमार्फत नै गुइँठे भन्ने गरेका थिए।

वास्तवमा यति कच्चा र अव्यवाहारिक व्यक्तिलाई जनताले दलका प्रतिनिधिसँग विरक्त भएको मत दिएर जिताउनु नै एउटा खलनायकको उदय गराएको प्रतीत भएको होला।

हर्क साम्पाङ आफैं एउटा भुइँमान्छे होइन, भुइँफुट्टा गुइँठे रहेको प्रमाणित गरिरहेका छन्। न उनलाई सम्प्रदायको चिन्ता, न मानवताको चासो। छ त, जनताले दलसँग आक्रोश भएर पोखिदिएको मतको अहंकारको थुप्रो। एउटा स्वतन्त्र व्यक्तिलाई जिताउँदा त्यो अहंकारी मात्र होइन शासक बन्ने प्रयासमा रहन्छ भन्ने प्रमाण त उनले कार्यपालिका बैठकमा देखाएका हर्कत, व्यक्तिका जग्गामा जबरजस्ती गरेको वृक्षारोपण, अदालतको आदेश नमानी मनोमानी रुपमा देखाएको बर्बरताले पुष्टि गरिसकेको छ।

स्वतन्त्र उम्मेदवारको आगमनले जनताले आशाको दियो बाल्न पाउँछन् भन्ने महत्वकांक्षाको हत्या हैन, भ्रुणहत्या गर्ने हर्क साम्पाङहरूका हर्कत आगामी दिनका लागि निराशाको नयाँ सन्देश बोकेर जन्म लिएका रहेछन्, यीनिहरूको जीवनले कहिले पनि शान्ति पाउने देखिँदैन।

आम मतदाताले अब बुझ्न आवश्यक छ। गीतामा भनिएको छकर्म त्यो अन्न हो मानिसले हर हालमा भोग्नु नै पर्दछ। त्यसैले राम्रो बिऊ रोपे मात्र राम्रो अन्न फल्छ। हो, अहिले बुझ्नपर्ने यहि हो। हर्क साम्पाङ कस्तो बिऊ रहेछन्? तिनले कस्तो अन्न दिइरहेका छन् भन्ने धेरै तर्क गर्न आवश्यक नै छैन।

मतदाता कस्तो मनसायमा सहरका निम्ति नयाँ मानिसलाई जिताउँछ? प्रत्येक जनताले सोच्छमलाई आशा छ कि तपाईले आफ्नो व्यक्तिगत जीवन चलाउनु भन्दा यो शहर राम्रोसँग चलाउनुहुनेछ। अनि, यहि विन्दुमा आएर मत दिन्छ। तर, व्यक्तिगत इगो, आलोचना सुन्नै नसक्ने प्रवृत्ति, आलोचनालाई बिरोध ठान्ने र त्यसको अशोभनीय प्रतिक्रिया दिने, सहरको न्युनतम आवश्यकता होइन अनावश्यक विषयमा लडाईँ चलाउने, सम्प्रदायको सम्प्रभूताको विषयलाई नबुझ्ने नगरपिता कसरी बन्न सक्छ?

एउटा प्रधानमन्त्री भन्दा पनि मेयर शक्तिशाली हुन्छ। प्रधानमन्त्रीलाई फिर्ता बोलाउन सकिन्छ, कारबाही गर्न सकिन्छ। तर, एउटा मेयर प्रत्यक्ष निर्वाचित हुन्छ र उमाथि नगरको सबै जिम्मेवारीसहित अभिभावकत्व हुन्छ। त्यसलाई राम्रोसँग नबुझ्ने, लाल होइन काल बुझक्कड बन्यो भने अस्तित्व समाप्त हुन्छ, निश्चय नै।

हर्क साम्पाङको कार्यकाल अझ बाँकी छ। अहिलेसम्म उनले आफ्नो व्यवाहार र बौद्धिकताको ट्रेलर देखाएका होलान्। अबका साढे तीन बर्षमा उनीबारेको फिल्म नै पनि आउन सक्छ। स्वतन्त्र उम्मेदवार बनेर हर्कले मात्र जितेका होइनन्, गोपी हमालदेखि बालेन्द्र साहले पनि जितेका हुन्। तिनले के काम गरिरहेका छन्? कसरी योजना बनाएर सहरको स्वरुप बदलिरहेका छन् त्यसको हेक्का राख्नु पर्दैन।

राम्रा काम गरेका अन्यको परेन, स्वतन्त्र मेयरका नगरहरुसँग भगिनी सम्बन्ध कायम गरेर चार जात ३६ वर्णको फूलबारीमा साझा बन्ने प्रयासको काम गर्नुको साटो मनपरी, मनोपोली गरेर शक्तिको दुरुपयोग गर्न मिल्छ?

हिजोका दिनमा एउटा अभियन्ता हुँदा जुन मान र सम्मानको हकदार बनेका थिए, आज शक्तिमा आउँदा अहंकारको पुलिन्दा मात्र बाँकी राख्नु र सहरलाई समभावमा होइन, भेदभावमा हिँड्न लहड चलाउनुलाई व्यवाहारिक मानिँदैन। यसर्थ, यो टिप्पणी र आलोचना हो। हर्क साम्पाङ खलनायक कायम रहने कि नायक बनेर अग्रपथमा लाग्ने, उनको हातमा छ। बाँकी त फेरि गितार बजाएर नयाँ उपमामा गीत गाउनतिर लम्किन्छन् भन्ने प्रक्षेपण स्वभाविक हो।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्