प्रतिक्रियावादको बाटोमा उत्रिइन् नम्रता श्रेष्ठ, उनीबारेका विवाद र गसिप यस्ता छन्

सोमबार, भदौ ११, २०८०

काठमाडौंग्ल्यामरको दुनियाँ नै फरक छ। विवाद र गसिपको यो दुनियाँमा नेपाली अभिनेत्री नम्रता श्रेष्ठ पछिल्लो पटक सारुक ताम्राकार आत्महत्याका कारण चर्चामा आइन्। अझ, उनको चर्चाचाहिँ सारुक आत्महत्यापछि विक्षिप्त बनेका उनका बाबु अर्थात् जानेमाने कलाकार सानु ताम्राकारको निधनको दुई दिनपछि नम्रताले सामाजिक सञ्जालमा पोष्ट गरेको लामो प्रष्टीकरणबाट पनि बढेको छ।

उनले कतिपय मिडियाविरुद्ध कानुनी कारबाहीमा जाने चेतावनीसहितको प्रतिक्रियावादको बाटो अँगालेकी छन्। उनी आफैं भने विभिन्न विवादमा मुछिएर नै ग्ल्यामरको दुनियाँमा टिकेकी थिइन्। उनको प्रेम र विछोडका कथा एकातिर आएका थिए, पछिल्लो पटक भने विभिन्न प्रकरण, कालो बोको भन्ने चर्चा पनि भयो, उनीनिकटस्थहरु भन्छन्,‘यो झमेलामा उनी किन परिन् भन्ने चर्चा पनि छ।

प्रकाश सुवेदीले चलाउने एउटा कार्यक्रममा उनले तीन जना प्रेमीको बारेमा खुलेर नै बताएकी थिइन्। उनको भिडिओ प्रकरणबारे एउटा राष्ट्रिय दैनिकले खबर प्रकाशित गरेपछि केही समय विक्षिप्त बनेकी थिइन्। त्यसबेला उनका प्रेमी थिए, डिजे तान्त्रिक।

सानु ताम्राकार निधनको दुई दिनपछि फेसबुकमा प्रतिक्रियावादमा उत्रिएकी नम्रता श्रेष्ठ यसअघि पनि विभिन्न विवाद र गसिपमा नआएकी होइनन्। नक्सालमा रेस्टुरेन्ट व्यावसायमा पनि सक्रिय भएकी अहिले उनी खासै खुल्न चहान्न थिइन्। तर किन प्रतिक्रियावादमा उत्रिइन् भन्ने प्रश्न पनि खडा भएको छ।

उनको अर्को प्रेमको चर्चा पनि गज्जबले चलेको थियो। अभिनेत्री प्रेमी दावा स्टिभन शेर्पाको रिलेसनसिपमा रहेको र टुंगिएको खबर सतहमा आएको थियो। यी दुबैले सहमतीमै अलग भएर अघि बढ्ने निधो गरेको चर्चा चलेको थियो।

निजी जीवनमा यी सामान्य जस्ता लागे पनि सार्वजनिक व्यक्तित्वका हिसाबमा भने चर्चाका विषय हुन्छन्।

पर्यटन व्यवसायी समेत रहेका शेर्पा र नम्रता पहिलोपटक एक फिल्मको प्रिमियर समारोहको बेला कुमारी हलमा सँगै देखिएका थिए। त्यसपछि नै उनीहरुले आफ्नो प्रेमलाई सार्वजनिकरुपमा प्रस्तुत गरिरहेका थिए।

त्यसयता उनीहरु घुमघाम गर्न न्यूजिल्यान्ड र सगरमाथा आधार शिविरसम्म पुगेको चर्चा भयो। पछि उनको नाम आत्महत्या गरेका सारुक ताम्राकारसँग जोडिएको थियो।

उनलाई सारुक आत्महत्या दुरुत्साहनको अभियोग समेत लागेपछि प्रहरीकहाँ बयानका लागि पुगेकी थिइन्। तर अनुसन्धानमा त्यस्तो नदेखिएको भन्ने प्रहरी प्रतिक्रिया छ। यद्यपि, पछिल्लो पटक उनले दिएको प्रष्टीकरण र चेतावनीले शंकाका निम्ति सुविधा दिएको कला क्षेत्रमा सक्रियहरु बताउँछन्।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्