नेपालमा बन्यो एनिमेटेड चलचित्र ‘सलिनाः योद्धा राजकुमारी’

बिहीबार, साउन १८, २०८०

काठमाडौँ– नेपालमा एनिमेटेड चलचित्र बनेको छ । ‘सलिना: योद्धा राजकुमारी’ नाम दिइएको चलचित्रको केही झलकसमेत सार्वजनिक गरिएको छ । 

राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित चलचित्र निर्माण हुन छ वर्ष लागेको सम्पादक शिव पुरीले जानकारी दिए । 

“यो हाम्रो लागि नयाँ प्रयाश पनि हो, यस्ता चलचित्रको भविष्य के कस्तो छ भन्ने यसले निर्धारण गर्नेछ”, सम्पादक पुरीले भने । रेनमेकर एनिमेसन र भिजुअल इफेक्ट एकेडेमीले संयुक्त रुपमा तयार पाएको चलचित्रलाई तेजशराज जोशीले निर्देशन गरेका छन् । 

सम्पादक पुरीसँगै श्रुति श्रेष्ठले सम्पादन गरेको चलचित्रमा सगिन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धर ग्राफिक्स कलाकार छन् ।

कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजशराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपानेलगायतले स्वराङ्कन गरेको चलचित्रलाई निर्देशक जोशी र सम्पादक श्रेष्ठले निर्माण गरेका हुन् ।

salina animeted movie1691077570.jpg

 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २१:२५
प्रतिक्रिया दिनुहोस्