नेभिगेशन
अर्थ विविध

चाइनिज जहाज कसको स्वार्थमा ल्याइयो : योगेश भट्टराई

काठमाडौँ– पूर्वपर्यटन मन्त्री तथा एमाले सांसद योगेश भट्टराईले नेपाल वायुसेवा निगमको लागि चिनियाँ जहाँज कसको स्वार्थमा ल्याइयो भन्दै प्रश्न गरेका छन् ।

आज प्रनिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफलमा भाग लिदै सांसद भट्टराईले यस्तो प्रश्न गरेका हुन् ।

‘नेपालमा कसको स्वार्थमा चाइनिज जहाज ल्याइयो’ सांसद भट्टराईले प्रश्न गरे । चिनियाँ जहाज खरिद  गरेर ल्याइए पनि नेपाल वायुसेवा निगमले संचालन गर्न सकेको छैन ।

यस्तै, उनले निगममा कर्मचारी थप भर्ना गर्नु भनेको आमाको ‘रगत खानु सरह’ भएको टिप्पणी गरेका छन् ।

‘केपी ओली प्रधानमन्त्री भएको बेलामा निगममा हामीले एक जना पनि कर्मचारी भर्ना गरेनौं । निगम अहिले हिमाल सिमेन्ट जस्तै गरी धराशायी भइसकेको छ । त्यसैले त्यस्तो संस्थामा थप कर्मचारी भर्ना गर्नु भनेको दुध नआउने आमको दुध चुसे जस्तो गरी रगत खानु सरह हो, त्यसो नगरौं,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थ विविध