Nic Ad Nic Ad
Nic Ad Nic Ad

कार्यशाला गरेर छायाङ्कनमा जाँदै ‘नाङ्गो गाउँ’

सोमबार, चैत ६, २०७९

काठमाडौँ– समीक्षक हुँदै चलचित्र निर्देशक बनेका दीपेन्द्र लामाले छायाङ्कन अगाडि कार्यशाला गरेका छन् ।

आफ्नो निर्देशनमा तयार हुने चलचित्र ‘नाङ्गो गाउँ’ को सम्पूर्ण कलाकारलाई दुई साता अभ्यास गराइएको उनले जानकारी दिए ।

‘यसले आफ्नो चरित्रप्रति कलाकारलाई स्पष्ट बनाउँछ । एकसाथ कार्यशाला गर्दा दृश्यलाई बलियो बनाउन सबैले उत्तिकै मेहनत गर्नुहुन्छ’, निर्देशक लामाले भने, ‘कलाकार तथा प्राविधिकहरूको सक्रियतापूर्वक सहभागिता जनाउनुभयो । मैले पनि कतिपय पक्षमा स्पष्ट हुने र सिक्ने अवसर पाएँ ।’ 

कलात्मकसँगै प्राविधिक रुपमा परिपक्व बनाउन कार्यशालामा निर्देशन, प्रोडक्सन डिजाइन, छायाङ्कन र कस्ट्युम समूहको सहभागिता रहेको निर्देशक लामाले बताए । 

naango_gaao_nepali_film31679324454.jpg

अभिनेता दयाहाङ राई, कार्म, मिरुना मगर, शिशिर बाङ्देल, बुद्धि तामाङ, अङ्कित खड्का र रवीन्द्र झा सहभागी कार्यशालामा पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य–तथ्य संरचनाका विषयमा छलफल भएको थियो । 

‘कुनै पनि पात्रले बोल्ने संवाद, लगाउने पहिरनसँगै कथालाई अगाडि बढाउन उसको के भूमिका छ ? लगायतको कुरा विश्लेषण हुँदा हामी स्पष्ट भयौँ’, अभिनेता राईले भने, ‘यसले छायाङ्कनमा समय कम लाग्ने निर्माण पक्षको विश्वास छ ।’ 

कार्यशालाको सहजीकरण राजेश विश्वकर्माले गरेका थिए । निर्देशक लामा स्वयम्को लेखन रहेको चलचित्रको छायाङ्कन यही चैत १० देखि काभ्रेमा सुरु हुनेछ ।

naango_gaao_nepali_film21679324453.jpg

प्रतिक्रिया दिनुहोस्