होली प्रेम, खुशी, एकता र सद्भावको पर्व

बिहीबार, मंसिर ८, २०७९
जानकी पन्त । होली रंगहरुको पर्व हो। वास्तवमा होलीका रङहरू जस्तै हाम्रो जीवन पनि रंगहरूले भरिपूर्ण हुनुपर्छ। हेर्ने र रमाइलो गर्नका लागि प्रत्येक रंग छुट्टाछुट्टै बनाइएको छ। यदि सबै रंगहरू एकसाथ मिलाइयो भने, तिनीहरू सबै कालो देखिन्छन्। रातो, पहेँलो, हरियो आदि सबै रंगहरू फरक हुनुपर्छ, तर एकै समयमा हामीले तिनीहरूलाई सँगै रमाइलो गर्नुपर्छ।हर्षोल्लास, उमंग, उत्साह, प्रेम, प्रसन्नता, एकता एवं सद्भावना को प्रतिक अत्यंत लोकप्रिय पर्व होली को रंग ऊर्जा, जीवंतता र आनंद को सूचक हो। होली आपसी प्रेम, एकता र भाइचाराको पर्व हो। होलीले हामीलाई सबै मतभेद बिर्सेर एकअर्कालाई अँगालो हाल्न प्रेरित गर्छ। वास्तवमा होली प्रेम, खुशी, एकता र सद्भावको पर्व हो। सम्बन्धमा मिठास भर्ने पर्व हो। शत्रुलाई अँगालो हाल्ने पर्व पनि हो। त्यसैले होलीको दिन दिउँसो इष्टमित्र, आफन्तजनलाई भेट्ने, एकअर्कालाई अबिर–गुलाल लगाउने, ज्येष्ठ नागरिकको खुट्टा छुने, अँगालो हाल्ने र बालबालिकालाई शुभकामना दिने पुरानो चलन छ। होली नवसंवत्सरको पहिलो दिन हो। होलीले सबैको जीवन खुसीका रङले भरिपूर्ण होस् भन्ने सन्देश दिन्छ। होलिका दहनले संवत्सरको समापन हुन्छ। जसले सबै विकृतिलाई पछाडी छोडेर मनको कुरूपतालाई अग्नि अर्पण गर्ने, स्वच्छ र शुद्ध मनले चैत्र महिनाको पहिलो दिन सुरु गर्ने र वर्षभरि खुसी बाँड्ने सन्देश दिन्छ। होलीले भेदभाव अन्त्य गर्ने, मनमा रहेका सबै दुष्ट काँडाहरू नष्ट गर्ने सन्देश दिन्छ। होली आपसी मिलनको संस्कृति पनि हो। होली एउटा यस्तो पर्व हो, जसको सम्झनाले मात्र पनि मन र मस्तिष्कमा रंगहरू र उमंग हरु छाउछन। होलीमा फागुको रमाइलो संगै ऋतुहरूको राजा वसन्त को आगमन हुन्छ। होलीमा वसन्त छ, होलीको मौसम विशेष हुन्छ त्यही कुराको प्रतिबिम्ब हो यो पर्ब। होलि संगै कोपिला पनि फक्रन सुरु गर्छ। कानमा भमरा को प्रतिध्वनि गुन्जन थाल्छ। शरद ऋतुको पीडा सहेर बगैंचामा बिरुवाको आगमन हुन्छ। ऋतु परिबर्तन संगै मनमा नया आशा पलाउँन थाल्छ। वसन्त ऋतुराजको आगमनले चारैतिर हर्ष, माया, हौसला र उल्लास छाउछ। यो त्यही ऋतु हो जहा भगवान श्रीरामले माता सीता लाई पुष्पबाटिकामा भेट्नुभएको थियो। भगवान श्रीकृष्णले गोपिनीहरुसँग रास लिला गर्नुभएको थियो। देवाधिदेव महादेवले माता गौरालाई यहि मौसम मा भेट्नुभएको थियो।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:१२
प्रतिक्रिया दिनुहोस्