पुर्बअध्यक्ष तथा उद्योगी लामिछानेले पोखे आक्रोश

बिहीबार, मंसिर ८, २०७९

सेभ डोल्मा फन्डका सम्बन्धमाः  कुवेतको जेलमा मृत्युदन्डको सजाए सुनाइएकि नेपाली चेली डोल्मा शेर्पाको जीवन रक्षार्थ गैरआवासीय नेपाली संघले सन २००८/२००९ मा ब्लड मनी संकलन अभियान चलाएको थियो । त्यतिबेला सघंको नेतृत्वमा डा. उपेन्द्र महतो हुनुहुन्थ्यो । ब्लड मनी सकंलनको संयोजन गर्ने काम संघका पूर्व महासचिब तेन्जी शेर्पाले गर्नु भएको थियो । जेल प्रशासन र स्थानिय निकायसंग संयोजन गर्ने कार्य नेपाली दुतावासले गरेको थियो । 

उक्त मानवीय सहयोगबापत बिभिन्न राष्ट्रिय समन्वय परिषद, संघ-संस्था र व्यक्तिगत समेतगरि ३७४९७४१.६१ रुपैया रकम उठेको थियो । पररास्ट्र मन्नत्रालय र नेपाली दूतावासको विशेष पहल र सकृयताका कारण मृत्यूदन्डको सजायलाई त्यतिबेला कारावास सजायमा बदलिएको थियो । सो कार्यका लागि ३ लाख रुपैया मात्रै खर्च भएको थियो । गैरआवासीय नेपाली संघले उक्त रक़म पररास्ट्र मन्त्रालय मार्फत उपलब्ध गराएको थियो । 

संयोजक तेन्जी शेर्पाको प्रस्तावमा आईसीसीको बैठकले अर्को ३ लाख रुपैया डोल्मा शेर्पाको छोराको पढ़ाई खर्च बापत उपलब्ध गराएको थियो । सन २०१३ अक्टोबर महिनामा सघंको नेतृत्वबाट म बाहिरिंदा गैरआवासीय नेपाली सघंको सेभ डोल्मा फन्ड शिर्षक अन्तर्गतको खातामा माथि उल्लेख गरिएका दुई रकम ६ लाख कटाऊँदा बॉकि रकम ३१४९७४१.६१ रुपैया यथावत रहेको थियो । सन २०१३ अक्टोबर पछि उक्त रक़मको ब्यबस्थापन सम्बन्धि बिषय त्यसयताका कार्यसमिती वा सचिवालय मार्फत बुझ्न सकिन्छ । 

हालै केहि सामाजिक सन्जालले यस बिषयमा मेरो नाम जोडेर सहयोग रकम हिनामिना गरेको मिथ्या आरोप लगाएका छन् । यस सम्बन्धि सबै हिसाब किताब ग़ैरआवासीय नेपाली संघको सचिवालयमा सुरक्षित छ । यस्ता सम्बेदनशिल बिषयमा आरोप लगाउनु अघि सत्य तथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गरिदिनु हुन सन्चारकर्मी साथीहरुलाई हार्दिक अनुरोध गर्दछु ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:३१
प्रतिक्रिया दिनुहोस्