किन एकाएक सक्रिय हुदैछन् एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो ?

बिहीबार, मंसिर ८, २०७९

एनआरएनए का संस्थापक अध्यक्ष उपेन्द्र महतो २०१९ मा हायात होटलमा भएको एनआरएनए सम्मेलनमा संस्था भित्रको राजनितिक हस्तक्षेप लगायतका असन्तुष्टि जनाउदै उपस्थित भएनन। तत्पश्चात संस्थाको बिरुद्धमा अत्यधिक खनिएका महतो लाइ केहि समयको अन्तराल पछि एनआरएनए अध्यक्ष कुमार पन्तले १० अरबको महत्वकांक्षी योजनाको एनआरएनए डेभलपमेन्ट फन्ड जसमा संसारभरका नेपालीहरुको उत्साजनक सहभागिता रहयो त्यसको नेतृत्वको दिए। 

यो नेतृत्व प्राप्ति संगै संस्थालाई आफ्नो ब्यापारिक क्रिडा स्थल बनाएर प्रबासी नेपाली हरुको सेन्टिमेन्ट क्याच गर्दै अगाडी आफ्नो ब्यापारिक स्वार्थ शिद्ध गर्न सकिने भए पछि एकाएक सक्रिय हुन थालेका हुन्। संस्था वाट पुर्णत निष्कृय भएर अलग्गिन खोज्ने पुर्व अध्यक्ष हरुलाइ बिभिन्न तवरले सहभागि गराउनु राम्रो पक्ष हो तर पुर्व अध्यक्ष ज्यू हरुले प्राप्त त्यो मौकालाई संस्थामा बिग्रदै गएको ध्रुविकरणलाइ झन विगार्ने हैन मिलाउने तिर जानु पर्‍यो।

ऐेले महतो ज्यु पनि त्यो योजना बिस्तारै ५० अरब,१०० अरबको बनाएर त्यसको नेतृत्व गर्दै अगाडि बढने अभिलाषा जाग्दै गएपछि एकाएक सकृय हुन थालेका छन जुन सक्रियता पछिल्लो समय को गतिबिधि हेर्दा संस्थाको लागि घातक बन्दै गएको छ। 

 याद रहोस राजनितीक दललाइ अरबौ को गुड्डि लगाएर आफ्नो अभिष्ट पुरा गर्न प्रयोग गर्दै गरेको फण्डमा म जस्ता धेरै प्रवासि नेपाली को पसिना सँगै सपना गासिएको छ।आफ्नो औलामा नचाउन सक्ने नेतृत्व ल्याएर डेभलपमेन्ट फन्ड को नाउ बाट देश संग बार्गेनिङ्ग गर्न सकिने आफ्नो आवस्यकता अनुसार नेपालको ब्ल्याक मनि आफुले चाहेको देश र विदेश को ब्ल्याक मनि नेपाल ल्याउन सकिने सम्भावना अत्यधिक भएकोले एन आर एन ए लाइ आफ्नो ब्यापारिक अभिस्ट पुरा गर्ने क्रिडा स्थल को रुपमा प्रयोग गरिरहेका छन् जसको शिकार हामी हरु जस्तो सोझा साझा प्रबासी नेपाली भइरहेका छौ। 

उनि लगायत केहिलाइ आफुहरुको कालो धनलाइ सेतो बनाउने अवसर हुन सक्ला तर आफैले स्थापना गरेको संस्थालाइ यसको बिधान र नियम अनुसार चल्न दिनुपर्छ।तपाइहरुको व्यक्तिगत स्वार्थको लागि नेताहरुको घर घर धाएर संस्थालाइ थप राजनितिक हस्तक्षेप गर्ने अवसर नदिनुस।प्रमाणत गलत पुष्टि भएका एनसिसि हरुको तत्काल पुन:निर्वाचन गरि संस्थालाइ एकिकृत गर्ने तिर सहजिकरण गर्नुस।

उपेन्द्र महतो र जिवा लामिछाने को पछिल्लो गतिविधि हेर्दा राम्रो काम गर्दै आएका कुमार पन्त पनि परिचालित भएको पटक पटक को घटना क्रम बाट प्रष्टिएको छ।अव थोरै समय रहेको ६ मैना यता उता गरेर हल्लाउने अनि आफु अनुकुल को सरकार या मन्त्रि नियूक्ति भएमा ऐले संस्था भित्र प्रमाणत पुष्टि भएको अपराध लाइ पेलेर लाने सोचमा हुनुहुन्छ भने त्यो एनआरएनए को लागि घातक हुनसक्छ जुन कुरा मैले यो भन्दा पहिले पनि भनिसकेको छु।

पटक पटक नेतृत्व को अकर्मन्यता र ठुला नेताहरुको ब्यापारिक इन्ट्रेस्ट को शिकार संस्था हुदा खेरि एन आर एन ए को निर्बाचन लगभग अनिश्चित जस्तै देखिएको छ। 

किन यति सम्म गिर्न सक्छन नेताहरु ?आखिर के को लागि ? पछिल्लो गतिविधिहरु हेर्दा परिचालित हरुले संस्थालाइ दुइ धार बनाउन खोजिरहेका छन।"परिचालित हैन स्वचालित बनौ"

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:१०
प्रतिक्रिया दिनुहोस्