मेडिकल टुरिजमले नेपालको मुहार फेर्छ, सरकारले स्वास्थ्य र शिक्षामा लगानी गर्न दिनुपर्छ

शुक्रबार, मंसिर ९, २०७९

झापा । स्वास्थ्य र शिक्षा भनेको भवसागर हो । हरेक मान्छे शिक्षित हुन चाहन्छ र स्वास्थ्य रहन खोज्छ त्यसैले हाम्रो जस्तो देशमा स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ । मैले मेडिकल छेत्रमा लगानी गरेको अनुभवले यो लेखमा हाम्रो देशले कसरी मेडिकल टुरिजम मार्फत विकासमा कोल्टे फेर्न सक्छ भन्ने बारे चित्रण गर्दैछु ।

मेडिकल टुरिजम भनेको विदेशीहरु उपचार गर्न आफ्नो देश छोडेर अरु देश जाने गर्नु हो । आफ्नो देशबाट अर्को देश जानुको मुख्य कारणहरु खर्च सस्तो हुने, राम्रो उपचार पाउने सम्भावना र राम्रो वातावरणमा उपचार गर्न पाउनु हुन् । नेपालबाट हरेक वर्ष लाखौँ नेपालीहरु भारत उपचार गर्न जाने गर्छन र त्यहि उपचार गर्ने क्रममा नजिकको शहरहरु भ्रमण समेत गर्ने गरेका छन् । भारतले मेडिकल टुरिजम मार्फत नेपालबाट मात्रै करोडौं कमाउने गरेको छ ।

मेडिकल टुरिजम ठूलो आमदानीको श्रोत हो नेपाल जस्तो देशको लागि । हाम्रो देशमा हिमाल, पहाड र तराई छ जुन संसारको धेरै कम देशमा पाईन्छ । हाम्रो देशमा उपचार गर्न वातावरणले पनि साथ दिने छ । उपचारसंगै भ्रमण गर्न सकिने अवसर भएका कारण मेडिकल टुरिजम नेपालको लागि उत्तम हुन्छ । 

हाम्रो देश यस्तो सुन्दर छ कि हरेक २० मिनेटमा फरक मौसमको आनन्द लिन सकिन्छ । यस्तो देशमा उपचार गर्न पाउनु त संसारको लागि भाग्यको कुरा पनि हो । हाम्रो हिमाल, ताल धेरै घुमाईसक्यौं अब भनेको यो देशमा उपचार गर्न विदेशी आउन र हाम्रो वातावरणसंगै घुलमिल गरेर स्वास्थ्य भएर फर्किउन ।

अब के नेपालमा मेडिकल टुरिजम सम्भव छ भन्ने प्रश्न आउँछ । अहिलेको अवस्थामा त पक्कै सम्भव छैन । मैले मेडिकल छेत्रमा लगानी गरेको छु तर सरकारबाट सहयोग पाएको छैन । म जस्तो व्यवसायीलाई सरकारले मेडिकल टुरिजमको महत्त्व बुझेर प्रोत्साहन गर्नुपर्छ । तर दुखद कुरा म आफै कलेज चलाउन नेपालको राजनीतिसंग लडिरहेको छु ।

सरकारले मेडिकल टुरिजम बारे बुझ्न जरुरी छ । मैले एमाले पार्टी प्रवेश गरेपछि मेरो अध्यक्षलाई यस बारे बुझाएको छु । अब म मेरो लेख मार्फत अरु पार्टीका शिर्ष नेताहरुलाई पनि बुझाउन खोज्छु यस बारे । मेडिकल छेत्रमा लगानी गर्न सके मेडिकल टुरिजमसंगै रेमिट्यान्सबाट पनि कमाउन सकिन्छ जुन विषयमा म अर्को लेखमा भन्ने छु । अहिले मेडिकल टुरिजम कै कुरा गरौँ ।

मेडिकल टुरिजम अहिले सम्भव छैन किनकि अझै पनि हाम्रो विधार्थीहरु मेडिकल पढ्न विदेश जाने गर्दछन । तपाईहरुलाई थाहा नहोला विदेश पढ्न जानु हाम्रो विधार्थीहरुको वाध्यता हो । बंगलादेशदेखि भारत पढ्न जान बाध्य छन् नेपाली विधार्थी र यो बाध्यताका कारण महँगोमा मेडिकल शिक्षा लिनुपरेको छ ।

महँगोमा पढेर आएपछि महँगो पारिश्रमिक लिन पर्यो जसका कारण पनि नेपालमा अहिले मेडिकल अलि महँगो भएको हो । तर यदि सरकारले मेडिकल माफियाको गिरोहलाई समातेर विदेश पढ्न पठाउन रोक्न सकिन्छ तर त्यसका लागि मेडिकल कलेजलाई प्रोत्साहन दिनुपर्छ । मेडिकल कलेजलाई मापदण्डमा राखेर चलाउन दिनुपर्छ जसका कारण करोडौं पैसा बाहिरिदैन पनि र नेपाल मै मेडिकल शिक्षा दिन सकिन्छ ।

मेडिकल शिक्षा नेपालमा सम्भव बनाएपछि उपचार नेपालमा सस्तो हुन्छ । हामीसंग दक्ष स्वास्थ्यकर्मीहरु छन् र उत्पादन पनि गर्न सकिन्छ । हामीले सस्तोमा उपचार दिन सक्छौं जसका कारण विदेशबाट उपचार गर्न विदेशीहरु आउछन । उपचारसंगै नेपाल भ्रमण पनि गर्छन ।

हाम्रो देश सगरमाथा र बुद्धसंगै मेडिकलले पनि विश्वमा चिनिन्थ्यो । तर यसका लागि पहिला सरकारले बुझ्न जरुरी छ र यस छेत्रका विज्ञहरुलाई राखेर गुरु योजना बनाउन जरुरी छ । एमालेको सरकार आएपछि मेरो पहिलो पहल भनेको मेडिकल टुरिजम नै हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:४८
प्रतिक्रिया दिनुहोस्