नेभिगेशन
अर्थ विविध

काठमाडौँ महानगरको बजेट पारित

काठमाडौँ । काठमाडौँ महानगरको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ ।

महानगरको १७ औँ नगर सभाको दोस्रो बैठकले आगामी आवको बजेट २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पास गरेको हो ।

यसअघि गत २९ असारमा बसेको १७ औँ नगर सभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट सार्वजनिक गरेकी थिइन् ।

२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको थियो ।

संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौँ महानगरभित्रको आन्तरिक द्वन्द्वले ढिला भएको थियो ।

बजेट ल्याउन ढिला भएको भन्दै उपप्रमुख डंगोलले माफी समेत मागेकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध