नेभिगेशन
सुरक्षा–अपराध

३२ लाख ५० हजार लिएर गायब भएकी नवलपरासी पूर्वकी विन्दु पोखरेल सिधा प्रहरी खोरमा

काठमाडौं– बेलायत पठाउने भन्दै रकम असुल गरी गायब भएकी विन्दु पोखरेल सिधा प्रहरी खोरमा पुगेकी छन्। 

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ।

वैदेशिक रोजगारीको आकर्षक प्रलोभन देखाउँदै ठगी गरेको अभियोगमा नवलपरासी पूर्वकी २९ वर्षीया बिन्दु पोखरेललाई प्रहरीले पक्राउ गरेको हो।

पोखरेलले ‘युके पठाइदिन्छु’ भन्दै १९ जना पीडितबाट ३२ लाख ५० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएकी थिइन्। 

पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुरको महालक्ष्मी नगरपालिकाबाट पक्राउ गरेको हो।

पक्राउ परेकी पोखरेललाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध