नेभिगेशन
राजनीति

काठमाडौं महानगरको आर्थिक बर्षको बजेट २५ अर्ब रुपैंया

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक बर्षका लागि २५ अर्बको बजेट ल्याउने निधो गरेको छ।

शुक्रबार राजश्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३का लागि करिब २५ अर्व बजेटको सीमा निर्धारण गरेको महानगरले जनाएको छ।

मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल, नविन मानन्धरलगायत रहेको समितिले बजेटको सीमा निर्धारण गरी अनुमोदन गरेको हो।

बालेनको अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको हो । 

बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड  बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ। बैठकमा शाहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिए।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ। 
 
आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ।

शुक्रवार बस्ने ४० औं नगरकार्यपालिका बैठकले नगर सभाको मिति तय गरी नगर सभा मार्फत  बजेट सार्वजनिक गर्ने छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति