नेभिगेशन
राजनीति

कांग्रेस नेतालाई कारबाही विधान विपरित भएको शेखर कोइराला समूहको निचोड

काठमाडौं– कांग्रेस अनुशासन समितिले पार्टी नेतालाई कारबाही गरेपछि शेखर कोइराला समूहले राखेको बैठकमा विधान विपरित भएको निचोड निकालेको छ।

बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम लगायत काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी थिए।

बैठकमा कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने, न्याय दिलाएरै छाड्ने विषयमा छलफल भएको थियो भने कारबाही विधान विपरीत र एकातर्फी भएको निष्कर्ष निकालिएको छ। 

शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह समेत गर्ने र राजनीति रूपमा यसलाई सशक्त प्रतिरोध गर्ने र कारबाही नमान्ने विषयमा गहन छलफल भएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति