नेभिगेशन
मनोरञ्जन

जवान भैरहने ओखती खान्थिन् बैंसमै मृत्युवरण गरेकी बलिउड अभिनेत्री ‘काँटा लगा गर्ल’ सेफाली

काठमाडौं– बलिउड अभिनेत्री सेफाली जरीवालाको मृत्यु हुनुको कारणबारे अहिले अनेक विषय सतहमा आएका छन्।

४२ वर्षको उमेरमै निधन भएकी ‘काँटा लगा गर्ल’ सेफालीको मृत्युको कारण विषाक्त खाना थियो कि जवान नै देखिइरहन एन्टी एजिङ ओखती थियो भन्ने प्रश्न खडा भएको छ।

उनको मृत्युका विषयमा यस्ता धेरै प्रश्न उठिरहेका छन्। वास्तविक कारण भने पोस्टमार्टम रिपोर्टबाट मात्र खुल्नेछ।

भारतीय टेलिभिजन च्यानल एनडीटीभीले शेफालीका डाक्टरसँग कुरा गरेपछि यो विषय झन उल्झनमा परेको छ। 

जसले आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध गरेका छन्। उनले सेफाली आफ्नो ग्राहक भएको पुष्टि गरेका छन्।

डाक्टर र बिरामीबीचको गोपनीयतालाई ध्यान दिँदै उनले सेफालीले कुन उपचार गराइरहेकी थिइन् वा कुन औषधि लिइरहेकी थिइन् भन्ने विषयमा बताउन अस्वीकार गरे। सेफाली अन्तिमपटक मार्चमा आफूलाई भेट्न आएको ति डाक्टरले बताए। 

सेफालीको मृत्युको सम्भावित कारण खाद्य विषाक्तता पनि मानिएको छ। तर वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुनेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन