नेभिगेशन
मनोरञ्जन

८०–९० दशकमा दक्षिण भारतीय फिल्मका तीन बोल्ड अभिनेत्री को–को हुन्?

काठमाडौं– दक्षिण भारतीय (साउथ) फिल्म उद्योगले अब बलिउडलाई पनि माथ दिन थालेको छ। अलग भाषा र शैली मात्र होइन समाजको पनि प्रतिनिधित्व गर्ने साउथमा बलिउडसँग समानता भएको विषयचाहिँ बोल्ड अभिनेत्रीहरूको प्रस्तुती। 

अझ बलिउडभन्दा पनि जमानादेखि नै उत्तराधुनिक हिसाबले साउथ अघि बढ्यो। 

भारतको फिल्म उद्योग अत्यन्तै विशाल र विविधतापूर्ण छ, जहाँ मुख्यधारका फिल्महरूका साथै आफ्नो छुट्टै दर्शक वर्ग बनाएका छन्। कम बजेटका सिनेमाहरू सामान्यतया कम स्तरको प्रविधि, र अधिकांशतः यौन, अपराध वा डर त्रास आधारित विषयमा केन्द्रित हुन्छन्। 

यस्ता फिल्महरूमा अभिनय गर्ने अभिनेत्रीहरू जनप्रिय मात्र होइन, विवादास्पद, साहसी र सामाजिक सन्देश प्रवाह गर्ने दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छन्। 

यस्ता फिल्मबाट उदाएर चर्चा कमाउने तीन अभिनेत्रीहरूबारे अहिले पनि टिप्पणी हुने गर्छन्। 

कतिपयको जीवनका आधारमा फिल्म पनि बनेका छन्। बलिउडमा विद्या बालन अभिनित फिल्म ‘दी डर्टी पिक्चर’ एउटा उदाहरण हो। 
यो सिल्क स्मिताको जीवनमा आधारित थियो। 

दक्षिण भारतीय सिनेमा क्षेत्रमा साहसी अभिनयका कारण लोकप्रिय बनेकी सिल्क स्मिता बी ग्रेड फिल्मको पर्याय बनिन्। 

उनले करिब ४५० भन्दा बढी फिल्ममा अभिनय गरिन्। उनको अभिनय, नृत्य र हाउभाउले उनलाई ‘सेक्स सिम्बल’ को रूपमा स्थापित गरेको थियो। 

८० को दशकमा उनले विशेषतः तमिल र तेलुगु फिल्ममा नाम कमाइन्। यद्यपि व्यक्तिगत जीवनमा दुःख, मानसिक तनाव र सामाजिक आलोचनाका कारण उनले आत्महत्या गरेकी थिइन्। 

यहि क्रमकी अर्की अभिनेत्री हुन् शकिला। 

शकिला पनि दक्षिण भारतकी अर्की चर्चित बी ग्रेड अभिनेत्री हुन्, जसले विशेषतः मलयालम भाषाका ‘सॉफ्ट पोर्न’ शैलीका फिल्महरूमा काम गरिन्। 

९० को दशकमा उनका फिल्महरू तमिलनाडु, आन्ध्र प्रदेश, केरलाजस्ता राज्यहरूमा अत्यन्तै लोकप्रिय थिए। उनले पनि आफ्नो करिअरको शुरुवात साहसी भूमिकाबाट गरिन्, र पछि आफूलाई सफल व्यावसायिक अभिनेत्रीका रूपमा स्थापित गरिन्। 

पछिल्लो समय उनले आत्मकथा प्रकाशित गरेकी छन्, जसमा उनले बी ग्रेड फिल्म उद्योगको कडा यथार्थ उजागर गरेकी छन्।

यो क्रमको नाममा आउने तेस्री हुन् रेश्मा।

दक्षिण भारतीय सफ्टकोर फिल्म उद्योगबाट बाहिर निस्कने अभिनेत्रीहरूमाझ रेश्मा सबैभन्दा लोकप्रिय छिन्। निसन्देह तिनीहरूमध्ये सबैभन्दा सुन्दर छिन्। 

उनले १० वर्षभन्दा बढी समयदेखि फिल्म छोडेकी छिन्, तर उनी अझै पनि युवाहरूमाझ लोकप्रिय छिन्। 

उनले १९९० को दशकमा आफ्नो करियर सुरु गरेकी थिइन् र एक दशकपछि उनको करियर समाप्त भयो। 

उनको प्रसिद्धि शकीला र सिल्क स्मिताको प्रतिद्वन्द्वी थियो। 

‘चिल्कम्मा’ उनको सुपरहिट फिल्महरू मध्ये एक थियो जहाँ उनी त्यस समयका अन्य लोकप्रिय अभिनेत्रीहरू शकिला, सिन्धु र ज्योतिश्रीसँग देखा परिन्।

फिल्मी दुनियाँमा जीवन शैली र बाँच्ने आधारका निम्ति अनेक संघर्ष गरे पनि उनीहरुका आफ्ना चर्चा र योगदान हुने गरेका छन्। यी तीन जना साउथका निम्ति त्यस्तै पात्र बनेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

‘गर्भवती’ स्वस्तिमा