नेभिगेशन
मनोरञ्जन

‘झिम झिमाउने आँखा’को हिन्दी भर्सन शुक्रबार रिलिज हुने, एकदेवको नेहा कक्करसँग युगल स्वर

काठमाडौं– अत्यन्त्रै रुचाइएको गीत ‘झिम झिमाउने आँखा’को हिन्दी भर्सन तयार भएको छ। 

गायक एकदेव लिम्बुले यसको हिन्दी भर्सन आगामी शुक्रबार अर्थात् २७ जुनमा रिलिज हुने जानकारी दिएका छन्।

उनले भनेका छन्,‘यो परियोजना अझ विशेष छ किनकि यो भारतको सबैभन्दा ठूलो युट्युब च्यानलहरू मध्ये एक ‘प्लेडीएमएफ अफिसियल’ मा प्रिमियर हुनेछ, जसमा प्रतिभाशाली कलाकारहरू ऋत्विक साओर, प्रिया वारियर छन्, जसमा उत्कृष्ट संगीतकार रजत नागपाल सरको संगीत र सोतल रानासरको शब्दहरू छन्।’ 

उनले हर्षित मुद्रामा भनेका छन्,‘यो साँच्चै सपना साकार भएको छ र मेरो यात्राको सबैभन्दा ठूलो कोसेढुङ्गा मध्ये एक हो। म तपाईंहरू सबैसँग यो जादुई सिर्जना साझा गर्न उत्सुक छु। यो अविस्मरणीय हुनेछ।’

हिन्दी भर्सनमा एकदेवसँगै बलिउडकी चर्चित गायिका नेहा कक्करको युगल स्वर रहेको छ। 

झिमझिमाउने आँखा नेपाली भर्सन तीन करोड २० लाखबढीले युट्युवमा रुचाएका छन्। यसले सामाजिक सञ्जालको टिकटकमा पनि उत्तिकै लोकप्रियता कमाएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

‘गर्भवती’ स्वस्तिमा