नेभिगेशन
मनोरञ्जन

रिसाएको इमोजी राख्दै गायिका एलिनाले लेखिन्– भाइरल हुन मन लाग्ने आइज है!

काठमाडौं– गायिका एलिना चौहान एकाएक आक्रोशित भएर सामाजिक सञ्जालमा पोखिएकी छन्।

आफूले गरेको पोष्टमा कमेन्टको अत्याचार धेरै भएको उनले बताइन्। 

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गायिका चौहानले ‘कमेन्टको अत्याचार धेरै भयो। पालैपालो पोष्ट गर्छु। भाइरल हुन मन लाग्नेहरू आइजा है’ भनेर लेखिन्। 

उनले त्यसमा आक्रोशित भएको इमोजी पनि राखेकी छन्।

विष्णु सापकोटालाई लिएर सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गर्ने गरिएपछि एलिनाले उक्त कमेन्ट गर्नेहरूलाई सार्वजनिक गर्ने बताएकी हुन्। 
विष्णु एलिनाका पूर्वपति हुन्। हालै मात्र उनीहरुको डिभोर्स भएको थियो।
post-1750907540.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

‘गर्भवती’ स्वस्तिमा