नेभिगेशन
मनोरञ्जन

चलचित्र ‘कोसेढुङ्गा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

काठमाडौँ- भदौ १२ गतेदेखि प्रदर्शनका लागि तय भएको चलचित्र ‘कोसेढुङ्गा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ ।

सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र कोसेढुङ्गा नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, बेलायत, क्यानडालगायत ४० भन्दा धेरै देशमा प्रदर्शन हुने जनाइएको छ ।

चलचित्रलाई प्याट्रिक सेभेन सिज इन्टरनेसनलले अन्तरराष्ट्रिय बजारमा वितरण गर्दैछ । “हाम्रो चलचित्र ४० भन्दा धेरै देशमा एकसाथ प्रदर्शन हुँदैछ, थप देशमा प्रदर्शनका लागि वितरकसँग कुरा भइरहेको छ”, निर्देशक पौडेलले भने ।

नेपाली सिनेमाकै इतिहासमा यो चलचित्र एकै साथ ४० भन्दा बढी देशमा रिलिज हुन लागेको सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

‘गर्भवती’ स्वस्तिमा