नेभिगेशन
मनोरञ्जन

सेन्सरमा पुग्यो ‘सितारे जमिन पर’, नेपालमा रिलिज पक्का

काठमाडौं– आमिर खानको फिल्म सितारे जमिन पर नेपालमा रिलिज पक्का भएको छ।

यस फिल्मलाई एप्पल इन्टरटेनमेन्टले नेपाल ल्याउन लागेको छ। अहिले सेन्सरमा पुगेको छ।

सेन्सर लगायतका प्रक्रिया तय हुने वित्तिकै प्रदर्शन मिति घोषणा गर्ने एप्पलको तयारी छ।

यसअघि फिल्मको राइट महंगो भनेको भन्दै वितरकले नेपाल ल्याएका थिएनन्।

आमिरको बहुप्रतीक्षित फिल्म नेपाल नआउँदा दर्शकले निराशा व्यक्त गरिरहेका थिए भने वितरक र हललाई ल्याउन दबाब दिइरहेका थिए।

शुक्रबारबाट रिलिज भएको यस फिल्मले ६६ करोड रुपैयाँ कमाइसकेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

‘गर्भवती’ स्वस्तिमा