नेभिगेशन
राजनीति

छापामार युवती तारा राईले लेखेको डायरीः ज्यानी दुश्मनको सहानुभूतिदेखि संयोगको प्रेमसम्म 

सानो उमेर र केही बिरामी समेत रहेका कारण उनलाई प्रशासनले उतिसाह्रो यातना नदिँदा माओवादीका अन्य छापामारले ‘सुराकी’ भन्ने खालका आशंका गरेका थिए

काठमाडौं– माओवादी जनयुद्धका नाममा कलिला बालबालिका कतिले जानेर लडे, कति नजानेर लागे। पीडालाई पोख्न नसक्नेहरू आँसु पोखेर बाँचेका छन्, कतिपय। तर, तारा राईको बाबुआमाको गुणले आएको लेख्ने बानीले सायद, पीडालाई अक्षरबाट शव्द र शव्दबाट किताबमा उतार्न सकिन्। 

‘छापामार युवतीको डायरी’ प्रकाशन भएर जीवनका भोगाईलाई लोकमाझ ल्याउनका लागि गणेश रसिक, पत्रकार देवेन्द्र भट्टराईको योगदानलाई सिमसिम पानी परिरहेका बेला हिलो लागेका हात पुछेको सम्म स्मरण गर्छिन्। 

च्यातिएका खाली पाना सिलाएर बनाएको कपिमा लेखेको भोगाई किताब बन्ला भन्ने सोचेकी रहिनछन्। ६ कक्षा पढ्दा पढ्दै माओवादी क्रान्तिमा हिँडेकी उनी शान्ति प्रक्रियादेखि पार्टी सत्तामा पुगेपछि रोगको निदान खोज्ने प्रयास गरिन्। तर त्यो क्रान्तिले सत्तामा पुराएका संस्कृतिमन्त्री बनिसकेका सुदन किराँतीसम्म भ्रान्तीको यात्रामा रहेछन् भन्ने बल्ल चाल पाइन्।

पत्रकार बबिता बस्नेतसँगको पोडकास्टमा बिस्मृतिका ८० मिनेटलाई साझा गरेकी उनले जीवनका अनेक पाटालाई खुलाउने कोशिश गरेकी छन्। पीडा उधिन्दा कहिलेकाँही भक्कानिने तारा राईका निम्ति हालका पति जेल पर्दाका बखत सुरक्षा गार्ड नभएका भए के हुन्थ्यो भन्ने अर्को संशय पनि रहेछ। 

भाग्यको लेखान्तले पछ्यायो भने छुटेको मानिस भेटिन्छ, भेटेको मानिस आफ्नो हुन्छ। पीडाको अक्करे भीरमा पनि प्रेमको अंकुर पलाएर त्यो जीवन्त बन्न सक्छ भन्ने विषयकी पात्र रहिछन् ‘छापामार युवती’। 

जीवनका घुम्ती, मोड र गोरेटोमा ‘ज्यानी दुश्नम’ जीवनको बाँच्ने आधार कसरी बन्दछ भन्ने उदाहरण हुन्, उनी। एक सन्तानसहित झापामा बस्दै आएकी उनी जेल नपरेको भए, माओवादी पार्टीले शंकाको कसीमा नराखेको भए, मुखपत्र ‘जनविद्रोह दैनिक’ बेच्दै हकरको काम नगरेको भए न उनको पतिसँग सम्बन्ध गाँसिन्थ्यो, न मोबाइल फोन समयमा पाउँथिन्। 

यी अनेक विषयमा उनले पोडकास्टमा बताएकी छन्।

उनका भावना, संवेदनाका कतिपय टुक्रा भिडिओहरु टिकटक र फेसबुकतिर पनि छन् भने युट्युवमा पूरा अन्तरवार्ता पनि छ।

उनले सो क्रममा गम्भिर तीन विषय खुलाएकी छन्। त्यसअघि राई को हुन्? 

तारा राई इलाममा जन्मिएकी थिइन्। उनको बाल्यकाल गाउँमै बित्यो, तर मात्र १३ वर्षमै उनले घर छोडेर माओवादी आन्दोलनतर्फ लागेको बताइन्छ। 

आशा र आगोले भरिएका उनका मनसायहरूले केही महिनामा अलि फरक आयाम लिए जब उनी धेरै पात्रहरूसँग जोडिइन् र हिंसात्मक अवस्था भोग्नुपरेको थियो।

उनको साहस र झुकावले उनलाई धेरै कठिनाइ भोगायो। उनको राजनीतिक सहभागिताबाट केही समयमै सुरक्षाकर्मीहरूबीच फँसिन्। पक्राउपछि उनलाई लागि अनगिन्ती प्रश्नहरू सोधियो। 

तर उनले कुनै जानकारी दिइनन् । यस सत्य निष्ठाले उनलाई जेलमा लग्यो जहाँ कैद अवधिमा उनले झनै पीडा र अभाव भोगिन्।

जेलभित्र भोक हडतालसम्म गरिएको थियो—यो एक आत्मबलिदानको प्रक्रिया थियो जुन राजनीतिका लागि बलीचढ्न तयार भएकी अनुभव, मनोबल र पीडाको स्पष्ट प्रतिबिम्ब थियो।  

एकातिर शारीरिक यातना त थियो नै, अर्कोतिर आत्मिक चुनौती पनि कम थिएन—परिवार र आफ्नै जहानबाट टुटेझैं मेहेनत र निराशाको कपालमा गुम्दो अनुभूति, शोषण र धोकेबाज राजनीति अनुभव गर्दा उनलाई अन्त्यसम्म आत्म–आशिष गर्न गाह्रो भयो।

उनी आफैले बताएअनुसार, राज्यसँग भन्दा आफ्नै समूहभित्रको विश्वासघात, प्रतिनिधित्व र मानवीय क्षतिले बढी चोट दियो। 

‘आफैंले राखेको विश्वास उसैबाट तोडिँदा पीडा चिहान नहुने घाउको रूपमा समाजमा देखियो’ उनले भनेकी छन्,‘जेलको चरम पीडा,पीडा मात्र होइन, बाँच्न लाखौं आशा ल्याएको आत्मबलिदान, थकान र प्रश्नहरू खडा भए।’

उनको ‘छापामार युवतीको डायरी’ सिरिजमा यो सबै वर्णन पनि गरेकी छन्। 

तारा राईको यात्रा एक कठिन, भावनात्मक, र आत्म–परिक्षणपूर्ण कथा हो। बाल्यकालदेखि आन्दोलनसम्म, आत्मविश्वासदेखि असहायतासम्म, पीडासँग सहजीकरण र अन्ततः आत्म–परिवर्तनको लामो अनुभव उनले सँगालेकी छन्। 

इलाम जेलमा पर्दा उनका हालका पतिसँग भेट भयो। त्यसबेला उनको सहानुभूती थियो। जीवनको यात्रामा पति नै बन्छन् भन्ने परिकल्पना त परै जाओस् बाँचिन्छ भन्नेसम्म कल्पना गरेकी थिइनन् सम्भवतः। 

इलाम हुँदै झापा र झापाबाट मोरङ जेलमा उनलाई पठाइयो। धेरै बसिनन् १४ महिना जति जेल बसिन्। सानो उमेर र केही बिरामी समेत रहेका कारण उनलाई प्रशासनले उतिसाह्रो यातना नदिँदा माओवादीका अन्य छापामारले ‘सुराकी’ भन्ने खालका आशंका गरेका थिए। 

कलिलै उमेरमा घर छाडेर क्रान्ति गर्न हिँडेकी उनी न समाजमा पुनःस्थापित हुने स्थिति बन्यो, न पार्टीले प्रेमले हेर्ने अवस्था भयो। लडाकु शिविरमा बसेकी उनी माओवादीले निकाल्ने पूर्वेली मुखपत्र जनविद्रोह दैनिकको हक्कर समेत बनिन्।

विशेष त तीन परिघटना उनका जीवनमा अविश्मरणीय रहेको पाइन्छ। 

पहिलो, उनले एउटा आलेख लेखिन् ‘कमरेडको आत्महत्या’। यो पनि राईको पीडित अनुभूतिको एक अंश थियो। उनले भनेकी छन्,‘मलाई मुटुमा समस्या थियो र यो विषयमा पार्टीको सहयोग होला कि भनेर संस्कृतिमन्त्री सुदन किराँतीलाई भेट्न पुगें। तर, उहाँले तपाई जस्ता कति छन् छन् भनेर हेयका हिसाबले कुरा गर्नुभयो, म रोएँ। त्यसपछि यो आलेख लेखेको थिएँ।’

दोस्रो, माओवादी आन्दोलनको विषयमा केही जानकारी नहुँदा पनि प्रचण्डपथ भनेर मात्र हिँडेकी थिइन्। उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नका लागि अनेक कोशिश गरिन्। तर अहिलेसम्म पनि भेट्न सकेकी छैनन्। 

‘अध्यक्षको सचिवालयलाई पनि हारगुहार गरें, अध्यक्षको छोरी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई भेटेर पनि एक पटक प्रचण्डसँग भेट्छु। केही सोध्नु छ भनें। तर, अहिलेसम्म सुनुवाई भएन’, उनले पोडकास्टमा भनेकी छन्। 

तेस्रोचाहिँ, हालका प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको एउटा कार्यक्रममा पुस्तक दिन जाँदा ‘तिमीलाई म चिन्छु नि छोरी’ भनेको एउटा स्मृति छ। त्यसपछि ओलीको पहलमा नै आफ्नो उपचार भएको र सोही क्रममा जिम्मेवारी लिने व्यक्तिका रुपमा पतिलाई पाएको र गुपचुप विवाह गरेको उनका अविश्मरणीय क्षण हुन्। 

राईले समग्रतामा आफ्ना अनुभवसहित संवेदना र भावनाको गहिरो भावलाई प्रकट गरेकी छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

माधव नेपालको थुनछेक बहस सकियो

ओलीले तिरे एमालेको लेबी