नेभिगेशन
मनोरञ्जन

प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदा दुर्गेश थापाले यो के भने?

काठमाडौं– गायक दुर्गेश थापाले ‘दुश्मन हेरेको हेरै’ गीत १० करोड भ्युज पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको बधाईमा धन्यवाद दिएका छन्।

तर, उनले धन्यवादका क्रममा प्रधानमन्त्री ओलीलाई ‘केपी बा’ पनि भनेका छन्। 

थापाले भनेका छन्–
नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रमप्रति देशकै सम्माननिय प्रधानमन्त्रीज्यूले देखाउनु भएको चासो, संवेदना र सम्मानले मलाई असाध्यै भावुक तुल्याएको छ। 

‘दुश्मन हेरेको हे¥यै’ गीतमा १० करोड भ्युजको सफलता प्रति सार्वजनिक रूपबाटै बधाई र शुभकामना दिई हामीलाई दिनुभएको स्नेहले मेरो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको छ।

देशको प्रधानमन्त्रीज्यूले नेपाली गीत–संगीतको मूल्य र सम्भावना चिन्नु भएको यो क्षण सम्पूर्ण सिर्जनशील पुस्ताका लागि गर्वको विषय पक्कै हो। 
उहाँको शब्द केवल एउटा बधाई मात्र थिएन, त्यो नयाँ सोच, नयाँ ऊर्जा र नयाँ आशाको सम्बोधन थियो।

म प्रधानमन्त्रीज्यूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु। यो सबै मेरो भगवान रूपि दर्शकहरूको मायाले सम्भव भएको हो। धन्यवाद, मेरा  दर्शक–श्रोताहरू, धन्यवाद प्रधानमन्त्रीज्यु, केपी बा।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

‘गर्भवती’ स्वस्तिमा