नेभिगेशन
राजनीति

संसद खुलाउन जुटेन सहमति, सभामुखको कार्यकक्षबाट निस्किए विपक्षी दलका नेता

काठमाडौं- सदन खुलाउने विषयमा कुरा नमिलेपछि प्रतिपक्षी दलका प्रमुख सचेतकहरू सभामुख देवराज घिमिरेको कार्यकक्षबाट बाहिरिएका छन्। सदनको जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले आज पनि छलफल गरेका हुन्।

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गर्दै विपक्षीले सदन अवरोध जारी राखेपछि सभामुखले छलफल थालेका हुन् । तर, सभामुखसँगको छलफलमा विपक्षी दलको कुरा नमिले पनि आज दिउँसो १ बजेको लागि बोलाएको प्रतिनिधि सभा बैठक अन्योलमा परेको छ । विपक्षीले गृहमन्त्रीको राजीनामाको पक्षमा लचक भएपछि उच्चस्तरीय छानबिन आयोग वा समिति बनाउनु पर्ने अडान राखेको छ ।

तर सत्तापक्ष गृहमन्त्रीले सदनमा बोल्न नपाई विपक्षीको मागबारे छलफल नगर्ने अडान लिएपछि कुरा मिल्न सकेको छैन। दलहरुबीच कुरा मिले गृहमन्त्रीले आज जवाफ दिनेछन् । हिजो पनि दलहरुबीच कुरा नमिदो बैठक बस्नै नबसी स्थगित गरेर आजलाई सारिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति