नेभिगेशन
राजनीति

माओवादीले स्थगित गर्‍यो मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान

काठमाडौँ- नेकपा माओवादीले पूर्वनिर्धारित मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान तत्काललाई स्थगित गरिएको छ । जेठ २१ देखि तय भएको अभियान स्थगित गरिएको हो ।

पदाधिकारी बैठकले पहिलो चरणको अभियान प्रभावकारी भएको निष्कर्ष निकाल्दै जेठ २१ गते २५ गतेसम्म दोस्रो चरणको अभियान चलाउने निर्णय गरेको थियो । तर अब बर्खाको मौसम लागेकाले तत्काललाई अभियान स्थगित गरिएको केन्द्रीय कार्यालय मुख्य सचिव गणेशमान पुनले बताए। उनका अनुसार अभियानको अर्को मिति अहिले तय भएको छैन ।

तराइ मधेस जागरण अभियानपछि हौसिएर माओवादीले दोस्रो चरणमा मध्यमहाडी लोकमार्ग केन्द्रित अभियानको थालनी गरेको थियो ।

माओवादीले सरकारबाट बाहिरिएपछि चलाएका दुई अभियानले जनतामा पार्टीलाई जोड्न महत्त्वपूर्ण भूमिका खेलेको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति