नेभिगेशन
राजनीति

संसदको अवरोध खुलाउन विपक्षी दलहरुसँग छलफलमा सभामुख

काठमाडौं- प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले आज पनि पहल गरेका छन्।

सभामुख घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग अहिले छलफल गरिरहेका छन्। प्रतिनिधि सभा बैठकअघि सभामुखले दलका सचेतकहरूसँग बैठक सञ्चालनको विषयमा छलफल गरेका हुन्।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन्। सत्ता पक्ष समिति गठनको लागि तयार नभएकोले संसद् बैठक अवरोध गर्ने रणनीतिमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरू रहेका छन् ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। त्यस अगाडि दलहरू सदनको अवरोधको विषयमा आन्तरिक छलफलमा जुटेका हुन्। सत्तापक्ष भिजिट भिसाबारे उठेको प्रश्नमा गृहमन्त्रीले संसदमा जवाफ दिन पाउनुपर्ने मागमा छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति