नेभिगेशन
राजनीति

भिजिट भिसा प्रकरणबारे समितिमा होइन, संसदमै जवाफ दिन्छु : गृहमन्त्री लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै औपचारिक रूपमा जवाफ दिने घोषणा गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भिजिट भिसा सम्बन्धी विवादबारे प्रश्न उठाएका थिए ।

सांसदहरूको जिज्ञासापछि जवाफ दिँदै मन्त्री लेखकले समितिमा मात्र जवाफ दिनु पर्याप्त नहुने जनाउँदै, संसदको पूर्ण बैठकमा सम्बोधन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरे ।

उनले भने, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरू र अन्य व्यक्तिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानसम्बन्धी प्रश्न यो समितिसम्म सीमित छैन । सबै सांसदहरूको चासो भएकाले म संसदको पूर्ण बैठकमा बोल्न पाउन चाहन्छु । सबै प्रश्नको उत्तर त्यहीँ दिनेछु ।”

विपक्षी दलहरूले गृहमन्त्री लेखक स्वयं पनि प्रकरणमा संलग्न भएको आरोप लगाउँदै संसद अवरुद्ध गर्दै आएका छन् । उक्त सन्दर्भमा सांसदहरूको चासो बढ्दै गएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति