नेभिगेशन
राजनीति

गृहमन्त्री लेखकले भिजिट भिषा प्रकरणबारे समितिमा जवाफ दिन मानेनन्, के भनेछन्?

काठमाडौं– भिजिट भिषा प्रकरणबारे गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाको समितिमा जवाफ नदिने बताएका छन्।

बुधबार राज्य व्यवस्था समितिमा प्रश्न सोधिएपछि उनले समितिमा उत्तर नदिने तर प्रतिनिधि सभाको बैठकमा दिने बताएका हुन्। 

सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेपछि उनले भने, ‘यस विषयमा म संसद्मै बोलेर जबाफ दिन्छु। समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउन सक्नुहुन्छ।’

आफूलाई संसद्मै जवाफ दिने गरी व्यवस्था मिलाइदिन पनि उनले समिति सदस्यहरूसँग आग्रह गरे। 

बुधबार अपराह्न १ बजेका लागि बैठक बोलाइएको छ। तर, भिजिट भिसा प्रकरणलाई लिएर मंगलबार बस्दै नबसी स्थगित भएको संसद् बैठक आज पनि बस्ने नबस्ने ठेगान छैन। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति