नेभिगेशन
राजनीति

काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी

काठमाडौं – काटमाडौंमा सिफल, कोटेश्वर र बल्खुबाहेक अन्य क्षेत्रमा प्रदर्शन गर्न नपाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार साँझ एक विज्ञप्ती निकाल्दै सिफल, कोटेश्वर र बल्खुबाहेकका क्षेत्रमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाएको हो ।

‘काठमाडौँ जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्जजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ जुलुस प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासोसमेतलाई मध्यनजर गर्दै सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा असर पर्न जाने अवस्था देखिएकोले जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिससमेतका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ क बमोजिम १९ (आजै)गतेदेखि लागू हुने गरी देहायका स्थानबाहेक बढीमा २ महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश गरिएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेशमा उल्लेख छ ।

यदपी प्रशासनसँगको अनुमति लिएको अण्डमा भने कार्यक्रम गर्न दिन सकिने बताइएको छ । राजावादीहरुको प्रदर्शन जारी रहेका बेला काठमाडौं जिल्ला प्रशासनले यस्तो आदेश जारी गरेको हो ।

kathmandu-CDO-1086x1536-1748789658.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति