नेभिगेशन
सुरक्षा–अपराध

मधेसका कमान्डरलाई सशस्त्र आईजी अर्यालले दिए यस्तो निर्देशन

काठमाडौं– मधेस प्रदेशका ८ जिल्लाका कमान्डरलाई सशस्त्र प्रहरी बलका महानिरिक्षक (आईजी) राजु अर्यालले सुरक्षा सतर्कता र सीमा सुरक्षामा कडाई गर्न निर्देशन दिएका छन्। 

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीको औपचारिक सत्रपछि प्रहरी नायव महानिरिक्षक (डीआईजी)लगायत गणपतिलाई पनि आईजी अर्यालले तस्करी र सीमा जोडिएका क्षेत्रका समस्यालाई मिहिन हिसाबले अनुमगन गर्दै समस्या आउन नदिन कठोर बन्न निर्देशन दिएका हुन्। 

सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, सर्लाही, महोत्तरी र रौतहटका सुरक्षा कमान्डर गोष्ठीमा सहभागी भएका थिए। यी जिल्ला छिमेकी मुलुक भारतसँग सीमा जोडिएका संवेदनशील हुन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध