नेभिगेशन
सुरक्षा–अपराध

दुर्गा प्रसाईँलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलगायतलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परेको प्रसाईँलगायतलाई थप २ दिन हिरासतमा राख्न अदालतले बिहीबार अनुमति दिएको हो । 

गत १५ चैतमा काठमाडौँको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए । 

उनीहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । 

प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन अन्तिम तयारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

 सरकारी वकिलको कार्यालयले ६० दिनभित्र मुद्दाको अभियोजनपत्र अदालतमा दर्ता गरिसक्नुपर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध