नेभिगेशन
सुरक्षा–अपराध

पर्यटन राज्यमन्त्री चौधरीको घरमा भयो चोरी, मन्त्री यता भएका जायजेथा कता?

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीको लम्किचुहा नगरपालिका–४ बलियास्थित पाँचतले घरमा चोरी भएको छ।

कैलाली जिल्लामा रहेको ५ तले घरमा नगद, गरगहनासहित चोरी भएको प्रहरीले जनाएको छ। मन्त्री यता रहँदा उता घरमा चोरी भएको हो। मन्त्री चौधरीको घर तीन महिनादेखि खाली नै थियो।

बुधबार दिउँसो पौने ४ बजेतिर घरमा चोरी भएको भन्ने खबर प्रहरीले पाएको थियो। तर चोरी कुन दिन भएको भन्नेचाहिँ यकिन हुन सकेको छैन। झ्यालको गृह खोलेर चोर पसेको पत्ता लागेको छ।

घरको दोस्रो तलाको ग्रिल निकालेर घरभित्र प्रवेश गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। परिवारले घरमा रहेका गरगहना र नगद चोरी भएको बताएका छन्। घरमा रहेका सुनका औंठी, सिक्री लगायत गहना, चाँदीका सामग्री र ६५ हजार नगद चोरी भएको परिवारले बताएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध