नेभिगेशन
सुरक्षा–अपराध

निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपूर्तिको सजाय

काठमाडौ -  कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई एक महिना कैद र एक लाख क्षतिपूर्ति तिराउने फैसला गरेको छ।

पत्रकार भण्डारीलाई निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा तथ्यहीन आरोप लगाएको आरोप लागेको थियो।

तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण राज विष्टले भण्डारीविरुद्ध गाली बेइजतीको मुद्दा दायर गरेका थिए।
भण्डारीले निर्मला पन्तको घटनामा किरणराज विष्टको नाम जोडेर समाचार र सामाजिक सञ्जालमा लेखेका थिए।
काठमाडाैँ । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई एक महिना कैद सजाय तोकिएको छ । 


जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दले पत्रकार भण्डारीलाई एक महिना कैद सजाय र एक लाख क्षतिपूर्तिको सजाय तोकिएको  जानकारी गराए । पत्रकार भण्डारीलाई १० हजार जरिवाना समेत गरिएको उनले बताए । 

तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण राज विष्टले उनीविरुद्ध गाली बेइजती कसुरमा मुद्दा दर्ता गरेका थिए । भण्डारीले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा तथ्यहीन आरोप लगाउँदै आएका थिए । त्यसै क्रममा भण्डारीले किरणराज विष्टलाई पनि जोडेर समाचार र स्टाटस लेखेका थिए ।

वि.सं.२०७५ साल साउन १० गते उल्टाखाम, महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो । घर नजिकै रहेको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध